+
+
Shares

‘मधेश प्रदेशमा पैदल अनुसन्धान’ पुस्तक लोकार्पण

अनलाइनखबर अनलाइनखबर
२०८० वैशाख १६ गते १४:११

१६ वैशाख, जनकपुरधाम । ‘मधेश प्रदेशमा पैदल अनुसन्धान’ पुस्तकको जनकपुरधाममा एक कार्यक्रमबीच लोकार्पण गरिएको छ ।

मधेशका सभामुख रामचन्द्र मण्डल, उपसभामुख बबिताकुमारी राउत ईशरलगायतले शुक्रबार एक कार्यक्रमबीच संयुक्त रुपमा पुस्तकको लोकार्पण गरेका हुन् ।

सोहनप्रसाद र देवराज हुमागाईंले संयुक्त रुपमा सम्पादन गरेको यो पुस्तकको विषयवस्तु पाँच खण्डमा विभाजन गरिएको छ । जसमा विभेदका सामाजिक तथा सांस्कृतिक आयाम, संघ र प्रदेशमा सुशासनको विमर्श, भू-स्वामित्वका समस्या, नागरिक र जनप्रतिनिधिका संघर्षका गाथा र सामाजिक राजनतिक हिंसा विषयवस्तु समेटिएको छ ।

मार्टिन चौतारीले प्रकाशन गरेको यो पुस्तकमा नागरिकताविहीन नागरिकको पीडा, संसदीय कोषमा देखिएको बेथिति, मुख्यमन्त्री बेटी पढाऊ, बेटी बचाऊ कार्यक्रम, दलित भूमिहीनताको समस्या, बलात्कार घटनाका पीडितले भोग्नु पर्ने कहर र न्यायिक जटिलता गायतको धरातलीय समस्यालाई सुक्ष्म रुपमा उजागर गरिएको छ ।

पुस्तक लोकार्पण गर्दै सभामुख रामचन्द्र मण्डलले जमिनि यथार्थलाई आम पाठकको बीचमा ल्याइ समस्याको उजार गरेको भन्दै पुस्तकको प्रशसा गरे । उनले सहरमा हुने विज्ञताले ग्राउण्डको वास्तविक यथार्थ छुट्ने गरेको बताउँदै त्यसले विभेद निम्ताउने गरेको तर्क गरे ।

विज्ञ र सम्बन्धित क्षेत्रकै अगुवाहरुलाई खटाएर पैदल रुपमा गरेको अनुसन्धानले मधेशको मूल समस्या बाहिर ल्याउन मद्दत पुग्ने उनको भनाइ छ ।

पुस्तकका सम्पादक सोहनप्रसाद साहले करिब ८ सय किलोमिटर मोटरसाइकलमा यात्रा गरी पुस्तकका विषयवस्तु र रुप रेखा तयार पारिएको बताए ।

पुस्तकमा मधेशका मुख्य विषय वस्तुका लेखकहरुले आ-आफनो अनुभव तथा धरातलीय समस्यबारे उल्लेख गरेको उनको भनाइ छ ।

कार्यक्रममा सर्लाही बरहथवा नगरपालिकाकी मेयर कल्पना कुमारी कटवाल, ठाकुर राम बहुमुखी क्याम्पसका प्रध्यापक डा.बासुदेव लाल दास, पुस्तकका अर्का सम्पादक देवराज हुमागाई, मुख्यमन्त्री कार्यालयका सचिव नुरहरी खतिवडा, पुस्तकका अनुसन्धानकर्ता तथा लेखकहरुको उपस्थिति थियो ।

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
समानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?