+
+

रमेश क्षितिजको ‘पर्वत पर्वतमा बटुवा घाम’ बजारमा

अनलाइनखबर अनलाइनखबर
२०८० वैशाख १६ गते १७:५८

१६ वैशाख, काठमाडौं । रमेश क्षितिजको नयाँ कविता सङ्ग्रह ‘पर्वत पर्वतमा बटुवा घाम’ सार्वजनिक भएको छ ।

करिब डेढ दशकको अवधिमा कवि क्षितिजले सिर्जना गरेका ५३ वटा जीवनपरक दार्शनिक कविता सङ्ग्रहमा सङ्ग्रहित छन् ।

पाँच खण्डमा विभाजित सङ्ग्रहका कविताबारे कवि अविनाश श्रेष्ठले पूर्वीय दर्शनलाई सरल तरिकाले भन्दै काव्यिक संवेदनाको शील्पलाई सरल ढंगले कविताले भनेको बताए  । ‘प्रकृति, जीवन, जगत् र मानवीय संवेदनाका बिम्बहरूलाई सरल र सहज भाषाशैलीमा प्रस्तुत गर्न सक्नु कवि क्षितिजको विशेषता हो । उनका कविता मन्त्र जस्तै छैनन्, जीवनमन्त्र नै हुन् ,’ उनले भने ।

२०५६ सालमा ‘अर्को साँझ पर्खेर साँझमा’ र २०६६ मा ‘घर फर्किरहेको मानिस’ कविता सङ्ग्रहबाट नेपाली कविता जगतमा उदाएका क्षितिजको ‘आफैं आफ्नो साथी भएँ’ गीत सङ्ग्रहका साथै दर्जनौं गीतहरू लोकप्रिय छन् ।

यो संग्रह बुकहिलले बजारमा ल्याएको हो । ५३ कविताको हार्ड कभर संस्करणको मूल्य ४५५ रुपैयाँ रहेको छ ।

साथै, बुकहिलले उनको पहिलो कविता सङ्ग्रह ‘अर्को साँझ पर्खेर साँझमा’ को हार्ड कभर संस्करण पनि यही कविता सङ्ग्रहसँगै सार्वजनिक गरेको छ, जसको मूल्य ४५५ राखिएको छ ।

कवि क्षितिजका कविताको अन्तरक्रिया र एकल वाचन केही दिनमै हुने प्रकाशक बुकहिलले विज्ञप्तिमार्फत जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?