+
+

थप ५१ जनामा कोरोना संक्रमण, १ जनाको मृत्यु

अनलाइनखबर अनलाइनखबर
२०८० वैशाख १६ गते १८:३३

१६ वैशाख, काठमाडौँ । पछिल्लो २४ घण्टामा कोरोना संक्रमणका कारण एक जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार शनिबार उपचारका क्रममा एक जना कोरोना संक्रमितको मृत्यु भएको हो ।

पछिल्लो २४ घण्टामा ५१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । एक हजार दुई सय ३८ जनामा गरिएको परीक्षणमा ५१ जनामा कोरोना सङक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।

त्यस्तै ३५ जना संक्रमणमुक्त भएका छन् ।  हाल कोरोना भाइरसको सक्रिय संक्रमितको संख्या ३६१ रहेको छ । यस्तै संस्थागत आइसोलेसनमा २७, सघन उपचार कक्ष (आईसीयू) मा आठ र भेन्टिलेटरमा एक जना उपचाररत छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?