+
+

पानी नपाएपछि चन्द्रागिरि नगरपालिकाको कार्यालयमा रित्तो गाग्रीको लाइन

अनलाइनखबर अनलाइनखबर
२०८० वैशाख १७ गते १२:४८

१७ वैशाख, काठमाडौं । चन्द्रागिरि नगरपालिकाका स्थानीयहरुले रित्तो गाग्रीसहित प्रदर्शन गरेका छन् । नगरपालिकाको कार्यालय रहेकै १२ नम्बर वडामा पानीको हाहाकार भएपछि स्थानीयहरु रित्तो गाग्रीसहित आइतबार प्रर्दशनमा उत्रिएका हुन् ।

उनीहरुले कार्यलय परिसरदेखि मेयरको कार्यकक्षसम्म रित्ता गाग्रीको लाइन राखेर खानेपानीको व्यवस्थापन गर्न माग गरेका हुन् ।

नगरपालिकका प्रमुख प्रशासकीय अधिकृत कृष्णप्रसाद खड्गीले वडामा खनिएका २ वटा बोरिङबाट पानी नआएपछि समस्या बढेको बताए ।

‘हामीले अर्को बोरिङ खन्न र पानी वितरण गर्न प्रक्रिया अघि बढाइसकेका छौं,’ उनले भने, ‘स्थानीयहरुसँग हामीले गरेका प्रयासबारे छलफल गरेका छौं ।’

सुख्खायाम लागेसँगै काठमाडौं उपत्यकामा खानेपानीको अभाव बढेको छ । यसले गर्दा स्थानीयहरु ट्यांकरको पानीमा भर पर्नुपर्ने अवस्था आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?