+
+

संघीय संसदको सचिवमा अर्याल र पाण्डेको नाम सिफारिस

अनलाइनखबर अनलाइनखबर
२०८० वैशाख १७ गते १८:०७
संघीय संसदको सचिवमा सिफारिस भएका पदमप्रसाद पाण्डे (बायाँ) र डा. सुरेन्द्र अर्याल ।

१७ वैशाख, काठमाडौं । संघीय संसदको सचिव पदमा डा.सुरेन्द्र अर्याल र पदमप्रसाद पाण्डेको नाम सिफारिस भएको छ ।

सभामुख देवराज घिमिरे र राष्ट्रियसभा अध्यक्ष गणेश तिमल्सिनाले कार्यबाहक राष्ट्रपति रामसहाय यादवलाई भेटेर सचिवको नाम बुझाएका हुन् ।

संसद सचिवालय स्रोतका अनुसार प्रतिनिधिसभाको सचिवमा पाण्डे र राष्ट्रिय सभाको सचिवमा अर्यालको नाम सिफारिस भएको छ । सचिवको कार्यकाल पाँच वर्षको हुनेछ ।

संघीय संसदका सचिवको नियुक्ति राष्ट्रपतिले गर्ने व्यवस्था छ । संविधानको धारा १०६ मा संघीय संसदको सचिव सम्बन्धी व्यवस्था छ । जसअनुसार राष्ट्रपतिले सभामुखको सिफारिसमा प्रतिनिधि सभाको सचिव र राष्ट्रिय सभा अध्यक्षको सिफारिसमा राष्ट्रिय सभाको सचिव नियुक्त गर्नेछन् ।

सचिव पदका सिफारिस भएका अर्याल संसद सचिवालयकै सहसचिव हुन् । पदमप्रसाद पाण्डे महान्यायाधिवक्ताको कार्यालयमा कार्यरत नायब महान्यायधिवक्ता हुन् ।

यसअघि संघीय सचिवालयका सचिवहरु गोपालनाथ योगी र राजेन्द्र फुयालको कार्यकाल १५ वैशाखमा सकिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?