+
+

रोल्पामा जीप दुर्घटना हुँदा १ जनाको मृत्यु, ८ घाइते

अनलाइनखबर अनलाइनखबर
२०८० वैशाख १७ गते १९:०१

१७ वैशाख, दाङ।रोल्पामा जिप दुर्घटना हुदा १ जनाको मृत्यु भएको छ भने अन्य ८ जना घाइते भएका छन् ।

दाङको तुलसीपुरबाट रोल्पाको गंगादेव गाउँपालिका- ६ राँकको ताप्लाका लागि हिडेको लु १ ज ४७५५ नम्बरको जिप गंगादेव गाउँपालिका-२ हेमुनखोलामा आज बेलुकी करिब ६ बजे गाडी दुर्घटना भएको हो ।

दुर्घटनामा स्थानीय १५ वर्षका विद्यार्थी तिलक वलीको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रोल्पाका डिएसपी श्यामकुमार सारू मगरले बताए ।

दुर्घटनामा अन्य ८ जना घाइते छन् । जसमध्ये ४ जनाको अवस्था मध्यम रहेको र अन्य ४ जनाको अवस्था सामान्य रहेको डिएसपी सारुमगरले बताए । मध्य घाइते ४ जनालाई उद्धर गरि दाङ तुलसीपुरको राप्ती प्रादेशिक अस्पतालमा पठाएको छ भने चालकसहित बाकी ४ जनाको नजिकैको स्वास्थ चौकीमा उपचार भइरहेको छ ।

प्रहरीका अनुसार गाडीमा ९ जना सवार थिए । गाडी सडकबाट करिब २ सय फिट तल खसेको डिएसपी मगरले बताए।

चालकलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ । घटनाबारे थप विवरण आउन बाँकी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?