+
+

धनगढी उपमहानगरले सुरू गर्‍यो स्रोतमै वर्गीकरण गरेर फोहोरको व्यवस्थापन

अनलाइनखबर अनलाइनखबर
२०८० वैशाख १७ गते १९:३६

१७ वैशाख, काठमाडौं । कैलालीको धनगढी उपमहानगरपालिकाले स्रोतमै वर्गीकरण गरेर फोहोर व्यवस्थापन सुरू गरेको छ ।

उपमहानगरका प्रमुख गोपाल हमालका अनुसार औपचारिक रुपमा आइतबारदेखि स्रोतमै वर्गीकरण गरेर फोहोरको व्यवस्थापन सुरु भएको हो । मेयर हमालका अनुसार कुहिने, नकुहिने र सिसाजन्य तथा हानिकारक वस्तुहरु छुट्याएर फोहोर उठाउन सुरू गरिएको हो ।

धनगढी उपमहानगरपालिकाले पहिल्यैबाट फोहोरको वर्गीकरण गरेपनि उक्त कार्य नियमित हुन सकेको थिएन । अब भने नियमित रुपमा स्रोतमै वर्गीकरण गरेर मात्रै फोहोर उठाइन उनले बताए । वर्गीकरण नभएको फोहोर अबदेखि नउठाउने उपमहानगरले जारी गरेको सूचनामा उल्लेख छ ।

धनगढी उपमहानगरमा दैनिक २० देखि २५ टनसम्म फोहोर उठ्दै आएको छ । उपमहानगरको खानेपानी तथा सरसफाइ शाखा प्रमुख अशोक अवस्थीले भने, ‘मुख्य बजार क्षेत्र १ देखि ८ नम्बर वडा र १३ नम्बर वडा पर्छ, त्यो क्षेत्रमा उपमहानगरले दैनिक फोहोर उठाइरहेको छ ।’

अवस्थीका अनुसार स्रोतमै फोहोर वर्गीकरण गर्नु अघि १५ हजार घरधुरीलाई वर्गीकरण सम्बन्धी टोल विकास संस्था मार्फत जनचेतनाको काम गरिएको थियो । ‘सुरुको एक हप्ता हामीले फोहोरको स्रोत मै वर्गीकरणको बानी पार्न बार अनुसार उठाउने नभई दुइवटा गाडी र डष्टबिन लगेर उठाउँदै छौं, त्यसपछि बार तोक्नेछौं’ अवस्थीले भने ।

यसअघि काठमाडौं महानगरपालिका सहित विभिन्न स्थानीय तहले स्रोतमै वर्गीकरण गरेर फोहोर व्यवस्थापनको प्रयास गरेका थिए । तर कार्यान्वयनमा भने आउन सकेको छैन ।

हेर्नुहोस् सूचनाः

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?