+
+

सुडानमा द्वन्द्व किन भयो ? कसको भूराजनीतिक दाउ के ?

द गार्जियन द गार्जियन
२०८० वैशाख १८ गते ११:५२

सुडानमा नागरिक सरकारको कमजोरीका कारण सैन्य गुटबीच शक्ति संघर्ष जारी छ । सुडानका दुई सुरक्षा संयन्त्र एक आपसमा भिडन्तमा उत्रिँदा पाँच सय भन्दा बढीको मृत्यु भएको छ भने हजारौँ घाइते भएका छन् । गृहयुद्ध चर्किएसँगै सुरक्षाका लागि सुडान छोड्नेको लर्को लागेको छ ।

गत अप्रिलको मध्यतिरबाट दुई सैन्य निकायबीच शासन सत्ता  हत्याउनका लागि द्वन्द्व भइरहेको हो । सुडानमा हाल सेनाप्रमुख अब्देल फताह अल बुरानले शासन चलाइरहेका छन् । उसले मुलुकको प्रणालीलाई अस्तव्यस्त बनाएको प्रजातन्त्र खोसेको भन्दै सशस्त्र बलको नेतृत्व गरेका मोहम्मद  हमदान दगालो सैनिक शासन विरुद्ध युद्धमा उत्रिएको हो ।

सन् २०१९ अघि त्यहाँ तानाशाही शासक ओमर अल बसिरले नागरिक आन्दोलन दबाउनका लागि सशस्त्र प्रहरी बल समेत स्थापना गरे । उनले त्यहाँ आफ्नो शासन भने जोगाउन सकेनन् । बसिरको पतनपछि स्थापित सरकार संकमणकालिन अवस्थामा धकेलियो । सन् २०२२ मै कूटनीतिज्ञहरूले दुई सैन्य संयन्त्रबीच तनावको स्थिति आउने संकेत गरेका थिए । नभन्दै दुई सैन्य संयन्त्र एकअर्काविरूद्ध भिडन्तमा उत्रिए ।

सैन्य संयन्त्रबीच कसरी दुश्मनी विकास भयो ?

बसिरले ड्राफर क्षेत्रका विद्रोहीलाई तह लगाउने उद्देश्यले सशस्त्र समूहको स्थापना गरेका थिए । राज्यले आर्थिक र राजनीतिक रूपमा आफूहरूलाई पछि पारेको भन्दै उनीहरू सरकारविरूद्ध विद्रोहमा उत्रिएका थिए । जनजावेदका रूपमा परिचित त्यस संगठनले २० वर्षअघिदेखि नै पिछडिएका समुदायको विद्रोह दबाउन र उनीहरूमाथि अत्याचार गर्न सक्रिय थियो ।

सन् २०१३ मा बसिरले त्यस समूहलाई अर्ध सैनिक बलका रूपमा स्थापना गर्ने निर्णय लिए । त्यसमा आवद्ध नेताहरूलाई बसिरले सैन्य दर्जा समेत दिँदै विद्रोही पक्षलाई दबाउन लगाए । यस्तै उनले त्यस बललाई यमन र लिबियामा युद्धका लागि पठाए । हमेदी नेतृत्वको आरएसएफ र बुरान नेतृत्वको सेनाले सन् २०१९ मा बसिरलाई सत्ताच्युतका लागि सहकार्य गरे ।  त्यसपछि आरएसएफले नागरिक सरकार स्थापनाका लागि भएको शान्तिपूर्ण धर्नामा दमन गर्न थाल्यो । हजारौँलाई आरएसएफले मार्यो भने दर्जनौँलाई बलात्कार गर्‍यो ।

सेनाप्रमुख अब्देल फताह अल बुरान (वायाँ) र सशस्त्र बलको नेतृत्व गरेका मोहम्मद  हमदान दगालो ।

केही समय त्यहाँ बसिरको शासनविरूद्ध उत्रिएका नेताहरूको सहभागितामा संक्रमणकालीन सरकार समेत भनेको थियो । सन् २०२१ मा सेनाले कू गरेपछि त्यस सरकार पनि सत्ताच्युत भयो । सेनाको कदमको कडा विरोध भयो । निरन्तरको आन्दोलनका कारण त्यहाँको आर्थिक अवस्था समेत नाजुक बन्यो । आरएसएफ प्रमुखले सेनाविरूद्धको आन्दोलनमा सहयोग गरे। हमिदी स्रोत साधनले पनि सम्पन्न थिए । उनीसँग अवैध सुनको भण्डार थियो भने १० हजार कुशल सैन्य दस्ता थियो ।

सन् २०१९ मा नागरिकहरूले आरएसएफलाई सेनामा गाभ्न माग गर्दै आन्दोलन गरे । यस्तै सेनाको पकडमा रहेको स्रोत साधन नागरिकलाई हस्तान्तरण गर्नुपर्ने माग पनि उठेको थियो । यस्तै  युद्धअपराधको छानबिन हुनुपर्ने र पीडितलाई न्याय दिनुपर्ने माग सहित अन्दोलन चर्कियो । अन्तर्राष्ट्रिय अदालतले बसिर र सुडानी सैन्य संयन्त्रविरूद्ध कारबाही चलाइरहेको अवस्था छ ।

सन् २०१९ मा प्रजातन्त्र समर्थित पक्षको हत्यामा मामिलामा समेत अनुसन्धान हुनुपर्ने माग भएको थियो । अनुसन्धानमा ढिलाइ भएको भन्दै अधिकारकर्मीहरू आक्रोशित छन् । सन् २०२१ मा भएको सैन्य कूको विरोधमा सडकमा उत्रिएका मध्ये १ सय २५ जना मारिएको घटनामा पनि न्यायको माग भइरहेको छ ।

कसको के छ दाउ ?

रेड सीको छेउमा रहेको सुडान रणनीतिक र उत्पादनका हिसाबले पनि महत्वपूर्ण क्षेत्र मानिन्छ । रणनीतिक रूपमा महत्वपूर्ण इलाका रहेको र राम्रो उब्जनी हुने भएकाले  क्षेत्रीय चलखेल पनि बढ्दो छ । क्षेत्रीय चलखेलकै कारण यहाँ नागरिक सरकार स्थापनाका लागि कठिनाइ भइरहेको छ ।

सुडानसँगको सिमानामा इथियोपिया र दक्षिण सुडान छन् । यहाँको राजनीतिक अस्थिरताका कारण ती क्षेत्रमा पनि प्रभाव परिरहेको छ । सुडान र इथियोपियाबीच सीमा विवाद छ । द्वन्द्व भड्किएसँगै धेरैजसो सुडानी छिमेकी मुलुकमा पुगेका छन् ।

रूस, अमेरिका, साउदी अरब, युएईले पनि सुडानलाई आफ्नो प्रभाव र दबावमा पार्ने कोसिस गरिरहेका छन् । सुडानको संक्रमणकालमा इस्लामी प्रभाव बढाउने ध्याउन्नमा अरब र युएई छन् ।

यता अमेरिका र बेलायतले सुडानको द्वन्द्व समाधानका लागि राष्ट्रसंघ र अफ्रिकी युनियनबाट मध्यस्थता गरिरहेका छन्  । पश्चिमा राष्ट्रहरू रेड सीमा रहेको रूसी सैन्य क्याम्पले निम्त्याउन सक्ने खतराबाट डराइरहेका छन् । त्यस क्याम्पप्रति सुडानका सैन्य नेतृत्व सकारात्मक नै छन् ।

-द गार्जियनबाट

लेखकको बारेमा
द गार्जियन

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?