+
+

सरकारमा सहभागिताबारे रास्वपाले शुक्रबार मात्र निर्णय गर्ने

अनलाइनखबर अनलाइनखबर
२०८० वैशाख १८ गते १५:००

१८ वैशाख, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सरकारमा सहभागिताबारे शुक्रबार मात्र निर्णय लिने भएको छ ।

उपचुनावपछि सोमबार पहिलो पटक बसेको बैठकमा पछिल्लो राजनीतिक परिस्थिति र सरकारमा सहभागिताबारे छलफल भएको थियो ।

केन्द्रीय सदस्यहरुले सरकारमा जाने नजानेबारे आ आफ्नो धारणा राखेका थिए । एक केन्द्रीय सदस्यका अनुसार अधिकांशले सरकारमा गएर काम गर्न सक्ने वातावरण नभएसम्म जान नहुने बताएका एक नेताले बताए । तर पार्टीको एजेण्डा सरकारको नीति तथा कार्यक्रममा समावेश हुन्छ भने जान पनि सकिने उनीहरुको जोड थियो ।

सोमबार नै संसदीय दलको बैठक भएकाले कुनै निर्णय भएन । एक केन्द्रीय सदस्य भन्छन्, ‘थप छलफल गरेर शुक्रबार निर्णय लिने कुराकानी भएको छ । आज केही निर्णय भएन ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?