+
+

एमाले बागमती प्रदेश कमिटी सदस्य घिमिरे अर्धचेत अवस्थामा भेटिए

अनलाइनखबर अनलाइनखबर
२०८० वैशाख १८ गते २२:२३

१८ वैशाख, काठमाडौं । नेकपा एमालेका बागमती प्रदेश कमिटी सदस्य नारायण घिमिरे काठमाडौंको एक होटलमा अर्धचेत अवस्थामा भेटिएका छन् ।

जमलको होटल कैलाशमा विष खाएको अवस्थामा फेला परेपछि उनलाई प्रहरीले उद्दार गरेर वीर अस्पताल भर्ना गराएको जिल्ला प्रहरी परिसर, काठमाडौंका एसपी सीताराम रिजालले अनलाइनखबरलाई बताए ।

रिजालका अनुसार उनी शनिबारदेखि कैलाश होटलमा बस्दै आएको पाइएको छ ।

नुवाकोटको विदुर ११ घर भएका घिमिरे बेपत्ता भएको भन्दै परिवारले आइतबार खोजतलासका लागि भन्दै काठमाडौं प्रहरीमा निवेदन दिएका थिए । उनी पछिल्लो समय तारकेश्वर नगरपालिका ९, डाँडागाउँ बस्दै आएका थिए ।

घिमिरेको कोठाबाट प्रहरीले सुसाइड नोट पनि बरामद गरेको छ । त्यसमा उल्लेखित विषयबारे प्रहरीले बताएको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?