+
+

जापानमा साइग्रेस : विदेशिएका युवाको कथा सुनाउँदै 

वसन्त रानाभाट वसन्त रानाभाट
२०८० वैशाख १९ गते ७:००

बार्सिलोना । नेपाली मूलका कथा सुनाउँदै चर्चा बटुलेका स्टोरी टेलर’ अर्थात् ‘कथा वाचक’ साइग्रेस पोखरेल यति बेला जापान पुगेका छन्। स्पेनको बार्सिलोना बसेर नेपाली मूलका कथा सुनाउँदै चर्चा बटुलेका पोखरेल आइतबार जापान पुगेका हुन् ।

मे २ मा नागोया, मे ३ मा फुकुवोका, मे ५ मा कान्तो टोकियो र मे ७ मा ओसाकामा रहेका नेपालीमाझ उनले कथा सुनाउने कार्यक्रम तय भएको छ। युना इन्टरनेटमेन्टको आयोजनामा साइग्रेसको वर्ड टुर (शब्दहरुको भम्रण) जापानमा सम्भव भएको हो।

स्पेनमा बसेर नेपाली मूलका कथा सुनाउँदै चर्चा बटुलेका साइग्रेसले शनिबार जापान उड्नुअघि अनलाइनखबरसँग कुराकानी गर्दै आफू निकै उत्साहित भएको सुनाए । ‘विदेशमा दु:ख मलाई मात्रै होइन। अरुलाई पनि रहेछ। संघर्षलाई जितेर गइसकेपछि अवश्य सफलता मिल्छ भन्ने सन्देश प्राय: मेरा कथाहरुले दिइरहेका हुन्छन्,’ साइग्रेसले सुनाए । विदेशिएका युवाहरुको आवाज बोल्ने प्रतिनिधि कथाहरु आफूले पस्कदै आएको उनि बताउँछन् ।

‘मेरो भोगाइ र सबैको भोगाइलाई बुझ्दाखेरि दु:ख मलाई मात्रै रहेनछ सबैलाई रहेछ । संघर्षलाई छिचोल्दै अघि बढ्ने हो भने सफलता प्राप्त गर्न सकिने सन्देश कथाहरूले दिइरहेका हुन्छन्,’ उनले भने, ‘थाकेको शरीरले मनोरञ्जन खोज्छ। कतिले त आवाजलाई औषधिको रुपमा लिनुभएको पनि सुनाउनुहुन्छ । त्यसैले स्टोरीमा काउन्सिल पनि गरिरहेका हुन्छौं । अहिलेको जापान यात्रामा यस्तै कथाहरु पनि सुनाउने छु।’

विदेशमा रहेका नेपालीहरुको कथाबारे पनि उनको आफ्नै धाराणा छ।  उनका अनुसार नेपाल छँदा विदेश पुगेपछि आफ्ना समस्याहरु एकै छिनमा सुल्झिन्छ भन्ने धेरैको सोच हुन्छ। विदेशको रंगिन जीवनको मात्र कल्पना गरेका हुन्छौं। तर विदेशमा वास्तविकता फरक छ। त्यसैले पनि युवाहरु मनोवैज्ञानिक हिसाबले पनि कमजोर हुँदै जाने समस्या देखिन्छ। उनीहरुमा निराशापन पनि छ।

सबै युवाहरु निराश पनि छैनन् । लामो समयपछिको संघर्ष र धैर्यतापछि आफ्नो क्षेत्रमा सफलता पनि प्राप्त गरेका छन् । विभिन्न क्षेत्रमा दक्ष नेपाली युवाहरु पनि छन् ।

आफूले सिकेको ज्ञान, सीप लिएर तत्काल नेपाल पुग्ने भने सोचेका हुँदैनन् । किनकि त्यो किसिमको वातावरण अहिलेसम्म देखिंदैन । सफलता र असफलताले भरिएका दुवै कथाहरू परदेशमा रहेको उनी सुनाउँछन् ।

डेढ वर्ष पहिले नेपालका विभिन्न सहरहरुमा पुगेर उनले वर्ड टुर (शब्दहरुको भम्रण) गरेका थिए। १४ वटा कार्यक्रममा करिब १० हजार दर्शकसँग साक्षात्कार गरेको उनको अनुमान छ ।

गत वर्ष अगष्टमा साइग्रेस अष्ट्रेलिया पुगे । अष्ट्रेलियाका विभिन्न सहरहरुमा साइग्रेसले एक महिनासम्म कार्यक्रम गरेका थिए । युरोपमा पनि उनी नेपाली समुदायमाझ निकै चर्चित छन् । स्पेन,बेल्जियम, पोर्चुगल,माल्टा,पोल्याण्डलगायतका देशमा उनले कार्यक्रम गरिसकेका छन्। जापानबाट फर्किएपछि उनको बेलायत डेनमार्क, साइप्रस, फ्रान्सलगायतका मुलुकमा कार्यक्रम तय भइसकेको छ।

साइग्रेसको युट्युब च्यानलमा ६ लाख १८ हजार सब्सक्राइबर रहेका छन् । उनले अडियो उपन्यासहरु पनि आफ्नै युट्युवमार्फत सार्वजनिक गरेका छन् । उनको अडियो उपन्यास ‘मेरो अधुरो प्रेम’  ५८  लाखले हेरेका छन् । उनको युट्युबमा नौलो सुरुआत २७ लाख, नयाँ बेहुली २० लाखले कथा सुनेका छन् ।

लेखकको बारेमा
वसन्त रानाभाट

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?