+
+

कम्बोडिया पठाइदिन्छु भन्दै ७ लाख ठगेको आरोपमा १ जना पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०८० वैशाख १९ गते १६:५०

१९ वैशाख, काठमाडौं । कम्बोडिया पठाइदिन्छु भन्दै ७ लाख रुपैयाँ ठगेको आरोपमा एक जना पक्राउ परेका छन् ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनको टोलीले चितवनको लालपुर घर भइ भक्तपुरको जगाते बस्ने राजु श्रेष्ठलाई पक्रेको हो ।

श्रेष्ठले १ लाख रुपैयाँ मासिक तलव हुने गरी सेक्युरिटी गार्डमा काम गर्न कम्बोडिया पठाइदिन्छु भन्दै बिजु कार्कीसँगबाट ७ लाख रुपैयाँ लिएर फरार रहेको भन्दै वैदेशिक रोजगार विभागमा उजुरी परेको थियो ।

त्यसपछि विभागले श्रेष्ठलाई पक्राउ गर्न वैदेशिक रोजगार विभागले काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयलाई आग्रह गरेको थियो

। पक्राउ परेका श्रेष्ठलाई थप अनुसन्धान र कारबाहीका लागि विभागमा पठाएको कार्यालयका  प्रहरी उपरीक्षक सोमेन्द्र सिहं राठौरले बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?