+
+

कँडेल मृत्यु प्रकरणमा आत्महत्या दुरुत्साहनको उजुरी

अनलाइनखबर अनलाइनखबर
२०८० वैशाख २० गते १२:३५
शंकर कँडेल

२० वैशाख, चितवन । चितवनका पोल्ट्री व्यवसायी शंकर कँडेल मृत्यु प्रकरणमा उनका परिवारले २ जनाविरुद्ध आत्महत्या दुरुत्साहनको उजुरी दिएका छन् ।

मानसिक यातनाका कारण कँडेलले आत्महत्या गरेको भन्दै आत्महत्या दुरूत्साहन मुद्दामा उनको परिवारले प्रहरीमा किटानी जाहेरी दिएको नेपाली कांग्रेस चितवनका सभापति राजेश्वर खनालले जानकारी दिए ।

अनमोल फिड कम्पनीको ८५ प्रतिशत शेयर खरिद गरेका व्यवसायी प्रदीप रुङ्गटा र कम्पनीमा कार्यरत चार्टर्ड एकाउन्टेन्ट जीवन रावल लगायतविरुद्ध किटानी जाहेरी परेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।

भरतपुर महानगरपालिका ३, बेलचोकस्थित आफ्नै कार्यालयमा मंगलबार साँझ झुण्डिएको अवस्थामा कँडेल मृत फेला परेका थिए । त्यहीँ उनको सुसाइड नोटसमेत फेला परेको थियो ।

केहीमहिना अघि कँडेलले आफ्नो नेतृत्वको अनमोल फिड्स प्रा.लि.मा संकट देखिएपछि केही शेयर बाँकी राखेर ८५ प्रतिशत शेयर प्रदीप रुङ्टालाई बेचेका थिए । शेयर बिक्रीपछि आन्तरिक हिसाब मिलानका क्रममा रुङ्गटा र रावलले मानसिक दबाव दिएको उनको सुसाइट नोटमा उल्लेख भएको प्रहरीको भनाइ छ । उजुरीपछि उनीहरूको खोजी थालेको प्रहरीले जनाएको छ ।

यसैबीच नेपाली कांग्रेस चितवन सभापति खनालले आज विज्ञप्ति जारी गर्दै यो घटनाको न्यायिक छानबिन गर्न माग गरेका छन् । उनले जारी गरेको विज्ञप्तिमा कँडेलको हस्ताक्षर भएको नोटमा उल्लेखित पात्र, प्रवृत्ति र वर्तमान आर्थिक अवस्थाको गम्भीर संकेत गरेको भन्दै सम्वेदनशील भई राज्यको तर्फबाट घटनाको छानबिन गर्न माग गरिएको छ ।

(यसअघि समाचारमा ६ जनाविरुद्ध उजुरी परेको उल्लेख भएकाले सच्याइएको छ । – सम्पादक)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?