+
+

पृथ्वी राजमार्गको याम्पा–आँबुखैरेनी सडक खण्ड अवरुद्ध

रासस रासस
२०८० वैशाख २० गते १३:३६
पृथ्वी राजमार्ग बन्दको फाइल तस्वीर

२० वैशाख, दमौली । पृथ्वी राजमार्ग अन्तर्गत तनहुँको बन्दीपुर गाउँपालिकाको याम्पा–आँबुखैरेनी सडक अवरुद्ध भएको छ । बुधबार बिहान बन्दीपुर गाउँपालिका–५ याम्पा आँधीखोलामा ट्रकको ठक्करबाट एघारजना घाइते भएपछि राजमार्ग अवरुद्ध भएको हो ।

डुम्रेदेखि मुग्लिनतर्फ जाँदै गरेको ना ४ ख १९७३ नम्बरको ट्रकको ठक्करबाट सडक छेउ बसेका विद्यार्थी र घरमा रहेका समेत गरी एघारजना घाइते भएका छन् ।

दुर्घटनापश्चात् स्थानीयवासीले सडकअवरुद्ध गरेको बन्दीपुर गाउँपालिका–५ का वडाध्यक्ष ध्रुवप्रसाद लामिछानेले जानकारी दिए । स्थानीयवासीले ट्रकसमेत तोडफोड गरेको छन् । घटनास्थलमा धेरै सङ्ख्यामा सशस्त्र प्रहरी र नेपाल प्रहरी परिचालन गरिएको छ ।

घाइते सबैलाई उपचारका लागि चितवन मेडिकल कलेज पठाइएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक मोहनबहादुर खाणले जानकारी दिए ।

ट्रकको ठक्करबाट घरमा क्षति भएको छ भने विद्यालय जान बस कुरिरहेका विद्यार्थी समेत घाइते भएको स्थानीयवासी समेत रहेका नेपाल पत्रकार महासङ्घ तनहुँका उपाध्यक्ष डिपी अधिकारीले जानकारी दिए । ‘घुम्तीमा एक्कासी ट्रकले आएर ठक्कर दिँदा विद्यालय जान कुरिरहेका विद्यार्थी र अन्य केही स्थानीय घाइते भएका छन्’ उनले भने ।

ठक्करबाट दश वर्षीया जस्मि भुजेल, सात वर्षीय सानुभाइ भुजेल, ३५ वर्षीया शान्ता भुजेल, ४१ वर्षीय चेतबहादुर घर्ती, ७० वर्षीय सनबहादुर भुजेल, ११ वर्षीया आयुष भुजेल, सात वर्षीया आयुषा भुजेल, दश वर्षीय ईश्वर भुजेल, आठ वर्षीय घैटे भुजेल, २६ वर्षीया सवि भुजेल र ३३ वर्षीया सुनमाया भुजेल घाइते भएका छन् ।

लेखकको बारेमा
रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको समाचार संस्था हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?