+
+

बुद्ध जयन्ती मनाउन एक करोड बजेट

अनलाइनखबर अनलाइनखबर
२०८० वैशाख २० गते १४:१७

२० वैशाख, बुटवल। लुम्बिनी विकास कोषले २५६७औं बुद्ध जयन्ती मनाउन एक करोड रुपैयाँ बजेट छुट्टाएको छ ।

यो वर्षको बुद्ध जयन्ती वैशाख २२ गते मनाइँदैछ । बुद्ध जयन्ती अन्तर्गत वैशाख २१ गते बिहान दीप प्रज्ज्वलन, महापरित्राण हुने र २२ गते बुद्ध पूर्णिमाको दिन बिहान पूजापाठ, शोभायात्रा, बिहान ९ बजे देखि ११ बजे दुई घण्टासम्म बुद्ध जयन्तीको मूल कार्यक्रम आयोजना हुने कोषका सदस्य सचिव सानुराजा शाक्यले जानकारी दिए ।

२२ गते प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बुद्ध जयन्ती मूल समारोहको उद्घाटन गर्ने कार्यक्रम रहेको शाक्यले पत्रकार सम्मेलनमा जानकारी गराए ।

यस्तै २३ गते बिहान ८ बजे लुम्बिनीबाट कपिलवस्तुसम्म बोधिसत्व सिद्धार्थको शोभा यात्रा, बिहान ११ बजे कपिलवस्तु तिलौराकोटमा विशेष समारोह हुने लुम्बिनी विकास कोषले पत्रकार सम्मेलन गरी जानकारी दिएको छ ।

हरेक वर्ष बुद्ध जयन्ती मनाउन लुम्बिनी विकास कोषले एक करोड रुपैयाँ बजेट छुट्याउने गरेको सदस्य सचिव शाक्यले बताए । ‘बुद्ध जयन्ती मनाउन हरेक वर्ष एक करोड बजेट छुट्याउने गरिएको छ, गत वर्ष भने भारतीय प्रधानमन्त्री आउने भएकाले तीन करोड खर्च भएको थियो’, सदस्य सचिव शाक्यले भने ।

विकास कोषले ठूलो धनराशी खर्च देखाउने गरेपनि त्यसको प्रभाव र पारदर्शिता नभएको स्थानीयको गुनासो छ । लुम्बिनी विकास मञ्चका अध्यक्ष सन्दीप गुप्ताले विकास कोषले बुद्ध जयन्तीका नाममा हुने खर्चको औचित्य कोषले पुष्टि गर्न नसकेको बताउँछन् ।

‘बुद्ध जयन्तीमा हरेक वर्ष ठूलो धनराशी खर्च देखाइन्छ तर त्यसको पारदर्शिता र औचित्य विकास कोषले पुष्टि गर्न सकेको देखिन्न’, गुप्ताले भने, ‘यहाँ हुने भौतिक निर्माणका सवालमा पनि अनियमितता भएको, गुरुयोजना विपरीत काम भएको भनेर अख्तियारमा उजुरी पर्ने गरेको छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?