+

शिशुको आँखामा गाजल लगाउने कि नलगाउने ?

२०८० वैशाख  २० गते १६:०० २०८० वैशाख २० गते १६:००
शिशुको आँखामा गाजल लगाउने कि नलगाउने ?

काठमाडौं । जन्मिएको केही महिनापछि शिशुलाई आँखामा गाजल लगाइदिएर चिटिक्क पार्ने चलन छ । त्यसै त बच्चा सुन्दर हुन्छन्, गाजलले झनै ‘क्युट’ देखिन्छन् उनीहरु । गाजल लगाइदिनाले आँखामा चिसो नपस्ने र आँखा पनि ठूलो हुन्छ भन्ने सोच समाजमा देखिन्छ । तर यो कति सही छ त ?

शिशुको आँखामा गाजल लगाइदिन जरुरी नभएको बाल नेत्ररोग विशेषज्ञ डा. सुजाता भण्डारी बताउँछिन् । । ‘आँखा त्यसै सुन्दर हुन्छ, बच्चाको आँखामा गाजल लगाउन जरुरी हुँदैन । यसले आँखामा विभिन्न समस्या ल्याउन सक्छ,’ उनी भन्छिन् ।

पछिल्लो समय भएका अध्ययनले पनि नवजात शिशुको आँखामा गाजल लगाउनु हानिकारक हुनसक्ने देखाएका छन् ।

‘आँखामा गाजल लगाउँदा चिसो नपस्ने भन्ने कुरामा पनि सत्यता छैन,’ डा. भण्डारी भन्छिन्, नवजात शिशुको आँखा धेरै संवेदनशील हुन्छ । यस्तो अवस्थामा गाजल लगाउँदा त्यसमा हुने रसायनको प्रयोगले बच्चालाई हानि पुर्‍याउन सक्छ ।’

गाजल लगाउँदा आँखा रातो हुने, पोल्ने, संक्रमण हुने समस्या आउँछ । गाजलले आँसु आउने बाटो अवरुद्ध पार्ने भएकाले झन् धेरै आँसु बग्ने समस्या बढ्ने डा. भण्डारी बताउँछिन् । गाजलले कोही कोही बच्चामा एलर्जीसमेत गराउँछ ।

अझ बजारमा किनेको गाजलमा अत्यधिक केमिकल हुने भएकाले आँखादेखि शरीरका अन्य अंगमा पनि क्षति गर्न सक्ने डा. भण्डारी बताउँछिन् ।

कोर्नियल अल्सरको जोखिम

डा. भण्डारीका अनुसार गाजल लगाउने क्रममा कर्निया पनि ड्यामेज हुने सम्भावना हुन्छ । कर्नियामा लगातार क्षति पुगेमा कोर्नियल अल्सरको जोखिम हुन्छ ।

गाजलमा हुने लिड कार्बन जस्ता केमिकल हुन्छ, जसलाई टिकाउन तेल पनि प्रयोग हुन्छ । ‘यो आँखाको लागि जोखिमयुक्त मानिन्छ,’ डा. भण्डारी भन्छिन् ।

घरेलु गाजल सुरक्षित हुन्छ ?

कतिपयले घरमा प्राकृतिक सामग्रीबाट बनेको काजल सुरक्षित हुने विश्वास गर्छन् । तर घरमा  बनाएको प्राकृतिक गाजल होस् वा बाहिरको कुनै पनि किसिमको गाजल बच्चाको आँखाको लागि सुरक्षित नहुने डा. भण्डारी बताउँछिन् । ‘वास्तवमा बच्चाको छाला निकै संवेदनशील हुन्छ । सानो लापरवाहीले पनि संक्रमण हुन सक्छ । गाजल लगाउँदा हात वा सिन्काकै प्रयोगबाट पनि कीटाणु आँखामा पर्न सक्छ,’ उनी भन्छिन् ।

त्यसैले आँखालाई राम्रो बनाउने चक्करमा आँखा बिग्रिन सक्ने हुँदा गाजल नलगाउन उनी सुझाउँछिन् ।

गाजल शिशु
लेखक
मनिषा थापा
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय

फिचर

गृहिणीलाई कस्तो रोगको जोखिम हुनसक्छ ?

गृहिणीलाई कस्तो रोगको जोखिम हुनसक्छ ?

मुसाले टोकेमा रेबिज हुनसक्छ ?

मुसाले टोकेमा रेबिज हुनसक्छ ?

गर्भावस्थामा छाला चिलाउने, डाबर आउने समस्या भए के गर्ने ?

गर्भावस्थामा छाला चिलाउने, डाबर आउने समस्या भए के गर्ने ?

गर्भावस्थामा उच्च रक्तचापको समस्या भए के गर्ने ?

गर्भावस्थामा उच्च रक्तचापको समस्या भए के गर्ने ?

नवदम्पतीले एकअर्काको विगतबारे बताउन जरुरी छ ?

नवदम्पतीले एकअर्काको विगतबारे बताउन जरुरी छ ?

गर्भावस्थामा पिसाब संक्रमण भए के गर्ने ?

गर्भावस्थामा पिसाब संक्रमण भए के गर्ने ?