+
+

प्रधानन्यायाधीश नियुक्तिमा जिम्मेवार निकायले नै भूमिका भुले : बार अध्यक्ष घिमिरे

अनलाइनखबर अनलाइनखबर
२०८० वैशाख २० गते १६:२३

२० वैशाख, काठमाडौं । प्रधानन्यायाधीशको तत्काल नियुक्ति माग गर्दै नेपाल बार एशोसिएशनले आन्दोलन जारी राखेको छ । बुधबार पनि नेपाल बार एशोसिएसनको परिसरमा कानून व्यवसायीहरुले प्रदर्शन गरेका हुन् ।

उनीहरुले तत्काल प्रधानन्यायाधीश नियुक्ति गर्न माग गरेका छन् । आन्दोलनका क्रममा सञ्चारकर्मीहरुसँग कुरा गर्दै नेपाल बार एशोसिएशनका अध्यक्ष गोपालकृष्ण घिमिरेले न्यायपालिकाले तत्काल प्रमुख पाउनुपर्ने बताए । उनले न्यायपालिका प्रमुख पद खाली हुँदा पनि जिम्मेवार निकायले आफ्नो काम नगरेको भन्दै असन्तुष्टि जनाए ।

‘नेपाली जनता एकातर्फ न्याय नपाएर रुँदै हिँड्नुपर्ने अवस्थाको विद्यमानता छ भने अर्कोतर्फ नेपालका जुन जिम्मेवार निकायहरु छन् । ती जिम्मेवार निकायहरु आफ्नो भूमिकाबाट च्यूत भएको अवस्था छ । आफ्नो भूमिकाबाट पर सरेको अवस्था हामी देख्दैछौं’, उनले भने ।

नेपाल बार एशोसिएशनका पूर्वअध्यक्ष चण्डेश्वर श्रेष्ठले नेपाल बारको आन्दोलन व्यक्तिको लागि नभई संस्थाको लागि र अदालतमा भइरहेको गलत कामका विरुद्ध भएको बताए ।

कानून व्यवसायीहरुले संवैधानिक दायित्व पूरा गर, प्रधानन्यायाधीश नियुक्ति अविलम्ब गर, सर्वोच्च अदालत र सबै अदालतहरुमा रिक्त रहेका न्यायाधीश तत्काल नियुक्ति गर, स्वतन्त्र न्यायपालिकाको रक्षा गरौं लगायतका नारा लेखेको प्लेकार्ड बोकेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?