+
+

सुडानमा रहेका ८ जना नेपाली आज फर्किंदै, ५ जना भोलि आउने

अनलाइनखबर अनलाइनखबर
२०८० वैशाख २० गते १८:१६

२० वैशाख, काठमाडौं । सुडानमा अलपत्र  परेका नेपाली नागरिकको सुरक्षित उद्धारको प्रयास भइरहेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

कायरोस्थित नेपाली राजदूतावासको सम्पर्कमा रहेका ३१ जना नेपालीमध्ये पोर्ट सुडान पुगेका १९ जनालाई साउदी अरेबिया सरकारको सहयोगमा पानीजहाजबाट ३० अप्रिल २०२३ मा जेद्दा शहर पुर्‍याइएको छ।

जेद्दा पुगेका १९ जनामध्ये ६ जना नेपाली मंगलबार रोजगारदाता कम्पनीको प्रबन्धमा दुवईस्थित सोही कम्पनीको शाखामा रहने भएका छन् ।

नेपाल फर्कन प्रतिक्षारत १३ जनामध्ये ८ जना आज एयर अरेबियाको उडानबाट काठमाडौं आइपुग्ने र बाँकी ५ जना भोलि बिहीबारजजिरा एअरवेजको उडानबाट नेपाल फिर्ता आउने परराष्ट्र मन्त्रालयले जनाएको छ।

सुडानमा सम्पर्कमा रहेका बाँकी ११ जनामध्ये ६ जनालाई पनि पोर्ट सुडानबाट जेद्दा हुँदै उद्धार गर्ने प्रयास जारीरहेको मन्त्रालयले निकालेको विज्ञप्तिमा उल्लेख छ ।

बाँकी ३ जना रोजगारदाता कम्पनीको प्रबन्धमा सुरक्षित रुपमा पोर्ट सुडानको होटलमा रहेका र अरु २ जनालाई रोजगारदाता कम्पनीले इजिप्टको सीमानास्थित सुरक्षित स्थानमा राखेको मन्त्रालयले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?