+
+

नेतृत्वको गलत निर्णयले महिला विश्वकप छायामा परेको आरोप

रोयटर्सको सहयोगमा रोयटर्सको सहयोगमा
२०८० वैशाख २० गते १८:५५

२० वैशाख, काठमाडौं । अन्तर्राष्ट्रिय फुटबल महासंघ फिफा काउन्सिलकी पूर्वसदस्य मोया डोडले फिफाको नेतृत्व सही नहुँदा इतिहासमै पहिलो पटक महिला विश्वकप छायामा परेको आरोप लगाएकी छिन् ।

फिफाले महिला विश्वकपको प्रशारण अधिकार टुक्र्याएर बेच्न खोजेका कारण न्युन रकमको बोली लागेको उनले बताइन् । यसअघि महिला र पुरुष विश्वकपको प्रसारण अधिकार एकैपटक बिक्री हुने गर्थ्यो  ।

जुलाई २० देखि अष्ट्रेलिया र न्युजिल्यान्डमा सुरु हुने विश्वकपको युरोपका ५ देशको प्रसारण अधिकारका लागि न्युन रकमको प्रस्ताव परेको छ ।

बेलायत, स्पेन, फ्रान्स, जर्मनी र इटालीमा पुरुष विश्वकपको प्रसारण अधिकारका लागि १०० देखि २०० मिलियन डलरको भाउ लाग्ने गरे पनि महिला विश्वकपको प्रसारण अधिकार खरिदका लागि १० मिलियनसम्मको मात्र बोली लागेको छ ।

प्रसारण अधिकारको लागि न्युन रकमको प्रस्ताव आएपछि फिफा अध्यक्ष गियान्नी इन्फान्टिनोलेले युरोपका यी ५ देशलाई महिला विश्वकप हेर्न नदिने चेतावनी दिएका छन् ।

सिड्नी मर्निङ हेराल्डसँगको कुराकानीमा डोडले भनिन्, ‘फिफाले प्रसारण अधिकार छुट्याएर बेच्ने निर्णय गरेको छ । यदि कोही खरिदकर्ताले यहि कुरालाई मात्रै ठूलो रकम दिएर किन्न चाहँदैन यसमा कुनै आश्चर्यको कुरा नै छैन ।’

खरिदकर्ताहरुले पनि पुरुष विश्वकपलाई बढी मूल्य र महिला विश्वकपलाई तुलनाल्मक हिसाबले कम मूल्याङ्कन गरेकोमा उनको गुनासो छ । महिला विश्वकपका विजेताको पुरस्कार रकम पनि कम भएको उनको गुनासो छ ।

प्रसारणकर्ताहरुले महिला विश्वकपले मुनाफा बढी नहुने भएकाले कम रकम प्रस्ताव गरेका हुन् ।

युरोपका ५ देशमा महिला विश्वकप प्रसारण नगर्ने अध्यक्ष इन्फान्टिनोको चेतावनीप्रति पनि डोड असन्तुष्ट छिन् । उनले प्रसारण अधिकार खरिदकर्तालाई धम्काउनुको सट्टा फिफाले आफ्नो सम्झौतालाई रिभ्यु गर्दै त्यसलाई सच्चाउँदै महिला फुटलबललाई उचित मूल्याङ्कन गर्नु पर्ने सुझाव दिएकी छिन् ।

फिफाले भने हालसम्म डोडको टिप्पणीमाथि कुनै प्रतिक्रिया दिएको छैन । तर इन्फान्टिनोले भनेका छन्, ‘महिला फुटबलबाट आएको शत प्रतिशत रकम महिला फुटबलको विकासका लागि खर्च हुनेछ । हामीले फरक प्रसारण अधिकार बेच्नु भनेको महिला फुटबललाई बढावा दिनु हो ।’ महिला फुटबललाई बढावा दिन नै प्रसारण अधिकार छुट्टै बेच्न खोजेको उनको स्पष्टीकरण छ ।

Results

२०८० माघ १८, बिहीबार
2 - 1
२०८० माघ १७, बुधबार
1 - 0
२०८० माघ १६, मंगलबार
1 - 0
२०८० माघ १५, सोमबार
1 - 1
२०८० माघ १४, आइतबार
0 - 3
२०८० माघ १३, शनिबार
0 - 2
२०८० माघ १२, शुक्रबार
2 - 0
२०८० माघ ११, बिहीबार
0 - 1
२०८० माघ १०, बुधबार
0 - 1
२०८० माघ ९, मंगलबार
1 - 2
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?