+
+

३ करोड रुपैयाँ लगानीमा पोखरामा खुल्यो ‘सरुमा चुल्हो’ रेस्टुरेन्ट

अनलाइनखबर अनलाइनखबर
२०८० वैशाख २० गते १९:३२

२० वैशाख, पोखरा । करिब ३ करोड रुपैयाँ लगानीमा पोखराको सभागृह चोकमा वसन्ती बास्तोला र बिनु गिरीले सयुंक्त रुपमा ‘सरुमा चुल्हो’ रेस्टुरेन्ट सञ्चालनमा ल्याएका छन् ।

करिब २ महिनादेखि अनौपचारिक रुपमा सुरु भए पनि बुधबारबाट औपचारिक रुपमा सुरुआत गरिएको सञ्चालक वसन्ती बास्तोलाले जानकारी दिइन् ।

सरुमा चुल्होमा स्थानीय उत्पादनलाई नै ब्रान्डिङ गरेर परिकार पकाइने बास्तोलाको भनाइ छ । स्थानीय दाल, भात, तरकारी, मकै, भटमासजस्ता रैथाने बालीका खानालाई रेस्टुरेन्टको पहिचानसँग जोड्ने उनको अभियान छ ।

‘अहिलेका ग्राहक कस्मेटिकभन्दा पनि लोकल खाना नै बढी खोज्ने गरेको यसबीचमा हामीले पाएका छौं । ग्राहकको रोजाइअनुसार नै सरुमा चुल्हो बनाउने योजना छ,’ उनले भनिन् ।

सरुमा चुल्होमा माछापुच्छ«े गाउँपालिकाको चामल, तरकारी, तनहुँ ऋषिङको दाल, स्थानीय जातको खसी सरुमा चुल्होमा उपलब्ध हुने सञ्चालकद्वयको भनाइ छ ।

‘ढिलो होस् । तर, खाना हामीले तत्कालै पकाएर फ्रेस दिन्छौं । यसले ग्राहकले हाइजेनिक खाना पाउँछन् भने हामीले पनि विश्वास आर्जन गरिरहन सहयोग मिल्छ,’ सञ्चालक विनु गिरिले भनिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?