+
+
नक्कली भुटानी शरणार्थी प्रकरण :

एमाले सचिव रायमाझीका छोरा सन्दीप बुटवलबाट पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०८० वैशाख २० गते २१:५१

२० वैशाख, काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएपछि नेकपा एमालेका सचिव टोपबहादुर रायमाझीका छोरा सन्दीप पक्राउ परेका छन् ।

उनी बुधबार बुटवलमा पक्राउ परेका र बिहीबार काठमाडौं ल्याउने जिल्ला प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी दानबहादुर कार्कीले जानकारी दिए ।

यसबारे अनुसन्धानका लागि काठमाडौं प्रहरी परिसरले बुधबार जिल्ला अदालत काठमाडौंबाट पूर्व उपप्रधानमन्त्री रायमाझी र उनका छोराविरुद्ध पक्राउ पुर्जी लिएको थियो ।सन्दीपले नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाएर विदेश पठाउन एक करोडको चेक लिएको पाइएको स्रोतको दाबी छ ।

यो प्रकरणमा गत १२ चैतमा उपत्यका अपराध अनुसन्धान कार्यालयले केशव दुलाल, सानु भण्डारी र टेक गुरुङलाई पक्राउ गरेको थियो । उनीहरुको बयानका आधारमा प्रहरीले मंगलबार पूर्वगृहमन्त्री रामबहादुर थापा बादलका सुरक्षा सल्लाहकार इन्द्रजित राई पक्राउ परेका थिए । बुधबार भने पूर्वगृहसचिव टेकनारायण पाण्डे पक्राउ परेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?