+
+

धरानबाट ८ बोरा गाँजासहित २ जना पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०८० वैशाख २१ गते ११:५८

२१ वैशाख, विराटनगर । सशस्त्र प्रहरीले सुनसरीको  धरानबाट आठ बोरा गाँजासहित दुई जनालाई पक्राउ गरेको छ ।

बिहीबार बिहानका राति आठ बोरामा राखिएको २२७ किलो गाँजासहित दुई जनालाई नियन्त्रणमा लिएको हो ।

धरान उपमहानगरपालिका- १३ स्थित शिवधारा चेकप्वाइन्टबाट प्रदेश १-०२- ००१ ख ९४८९ नम्बरको मिनी ट्रकमा चेकजाँचका क्रममा  ८ गाँजा बरामद भएको सशस्त्र प्रहरी बलका कोशी प्रदेश प्रमुख डीआईजी अन्जनीकुमार पोखरेलले जानाकारी दिए ।

सशस्त्र प्रहरी बल नेपाल सुरक्षा बेस धरानबाट खटिएको टोली आज बिहान राति साढे १ बजे  २ सय २७ किलो गाँजासहित ट्रक चालक धनकुटाको छथरजोरपाटी गाउँपालिका– ६ सिँधुवाका ३४ वर्षीय चन्द्र थापा क्षेत्री र सहचालक छथरजोरपाटी – २ ओख्रेका २८ वर्षीय चूणामणि कटवाललाई पक्राउ गरेको हो ।

पक्राउ परेका व्यक्तिसहित लागुऔषध गाँजा र ट्रकलाई आवश्यक अनुसन्धान एवं कारबाही अघि बढाउन इलाका प्रहरी कार्यालय धरानको जिम्मा लगाइएको सशस्त्र प्रहरी बल सुनसरीका प्रहरी उपरीक्षक लकेशकुमार तुम्बाहाम्फेले  बताए ।

धनकुटा क्षेत्रमा उत्पादित गाँजा चोरबाटो हुँदै भारत तस्करी हुँदै आएको छ । सशस्त्र प्रहरीले सुनसरीबाट गत फागुन १५ गते २५८ र फागुन ४ गते २८ किलो गाँजा बरामद गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?