+
+

थाइल्याण्ड पठाइदिन्छु भन्दै साढे ३ लाख ठगेको आरोपमा १ जना पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०८० वैशाख २१ गते १७:१७

२१ वैशाख, काठमाडौं ।  थाइल्याण्ड पठाइदिन्छु भन्दै ठगेको आरोपमा १ जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा  चितवनको बालुवा घर भइ काठमाडौंको टोखा बस्ने  वर्ष ३१ को नन्दलाल महतो रहेका प्रहरीले जनाएको छ ।

उनले भीमबहादुर बुढालाई वैदेशिक रोजगारीको लागि थाइल्याण्ड पठाईदिन्छु भन्दै साढे ३ लाख रुपैयाँ ठगेको  काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय, मिनभवनको आरोप छ ।

कार्यालयका सुचना अधिकृत तथा प्रहरी उपरीक्षक सोमेन्द्र सिहं राठौरका अनुसार उनले थाइल्याण्ड जानका लागि साढे ३ लाख रुपैयाँ लाग्छ र थाइल्याण्डमा मासिक १ लाख भन्दा बढी तलव हुन् भन्ने प्रलोभन देखाइ बुढासँगबाट साढे ३ लाख रुपैयाँ ठगेर वेपत्ता भएको भन्दै  वैदेशिक रोजगार विभागमा उजुरी परेको थियो ।

त्यही उजुरीका आधारमा पक्राउ परेका उनलाई थप अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग बुद्धनगर पठाएको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?