+
+

प्रिमियर लिगमा हालान्डको कीर्तिमान

अनलाइनखबर अनलाइनखबर
२०८० वैशाख २१ गते १८:३४

२१ वैशाख, काठमाडौं । म्यानचेस्टर सिटीका युवा स्ट्राइकर एर्लिङ हालान्डले प्रिमियर लिगमा एकै सिजन सबैभन्दा बढी गोल गर्ने कीर्तिमान आफ्नो नाममा सारेका छन् ।

नर्वेका २२ वर्षीय सुपरस्टार हालान्डले पछिल्लो खेलमा वेस्टह्यामविरुद्ध गोल गर्दै प्रिमियर लिगको आफ्नो पहिलो सिजनमै गोल संख्या ३५ पुर्‍याएका हुन् । एलन सियर र एन्ड्रयू कोलको सर्वाधिक ३४ गोलको रेकर्ड हालान्डले आफ्नो नाममा सारे ।

हालान्डले ३८ खेलको सिजनमा मोहम्मद सलाहको ३२ गोलको कीर्तिमानलाई यसअघि नै तोडिसकेका थिए । सलाहले २०१७–१८ को सिजनमा यो उपलब्धि हासिल गरेका थिए ।

उनले लिगमा ३५ औं गोल गरेपछि स्काइ स्पोर्टस्सँगको खुसियाली साटेका थिए । ‘यो मेरो लागि निकै खास खेल रह्यो र खास अवसर रह्यो । मैले निकै खुसी र गौरवान्वित महशुस गरिरहेको छु,’ उनले भने ।

हालान्डले यस सिजनमा अझै ५ खेल खेल्न बाँकी छ । ती खेलहरुमा गोल गरे उनले आफ्नै कीर्तिमान तोड्दै जानेछन् ।

प्लेयर अफ द म्याच घोषित भएसँगै उनले भने, ‘यो निकै नै उत्कृष्ट अवसर हो । हामीले ३ अंक पनि जोड्यौं । अन्त्यमा यहि नै कुराले महत्व राख्छ ।’

‘अहिले सबैकुरा राम्रो भइरहेको छ । अब हरेक खेलमा ध्यान दिनुपर्ने समय छ । यो मैले पहिलेदेखि नै भनेको कुरा हो र यहि कुरा टिमले पनि गरिरहेको छ,’ उनले थपे ।

हालान्डले लिगमा आफ्नो ३५ गोल पूरा गरेको खेलमा सिटीले तीनै गोल दोस्रो हाफमा गरेको थियो । यो जितले सिटीलाई पुनः शीर्ष स्थानमा पुर्‍याएको छ ।

खेल सकिएपछि प्रशिक्षक पेप ग्वार्डिओला र टिमका सबैले उनलाई इत्तेहाद रंगशालामा ‘गार्ड अफ अनर’ प्रदान गरे ।

‘मैले यसभन्दा पहिलो यस्तो देखेको थिइनँ । त्यो गोल गर्नु मेरो लागि पनि निकै राम्रो अनुभव थियो । यो सधैं नै हुन्छ’, हालान्डले भने ।

सन् १९९३–९४ मा न्युक्यासलका लागि कोलले गरेको ३४ गोलको कीर्तिमान त्यसको अर्को सिजन शियरले ब्ल्याकबर्न रोभर्सबाट खेलेर बराबरी गरेका थिए । दुवै सिजन प्रिमियर लिगमा २२ टिम थिए । सेररले ४२ खेल खेलेका थिए भने कोलले ४० खेल खेलेका थिए । हालान्डले आधुनिक इङ्लिस फुटबलमा ३१ खेलमै कीर्तिमान बनाए ।

म्यानचेस्टर सिटीका म्यानेजर पेप ग्वार्डिओलाले बीबीसीसँगको कुराकानीमा भने, ‘यो अविश्वसनीय छ, उनी भर्खर २२ वर्षका भए र अझै यहि सिजनको पनि उनीसँग पाँच खेल बाँकी छ । मैले ६० मिनेटपछि कतिपटक खेललाई बदल्ने कोशिस गरें, त्यति बेला उनले अझै गोल गर्न सक्थे । यदि उनलाई अझै गराएको भए उनी घाइते हुन सक्थे । यो अवसर निकै विशेष छ । उनलाई धेरै बधाई ।’

‘हामीलाई कोल र शियरको रेकर्ड उनले तोड्छन् भन्ने आशा त थियो तर उनी प्रिमियर लिग पनि जित्न चाहन्छन्,’ ग्वार्डिओलाले थपे ।

ग्वार्डिओलाले स्काई स्पोर्टससँगको कुराकानीमा खेल जित्नका लागि महत्वपूर्ण गोल गरेकोमा सन्तुष्ट रहेकोसमेत बताए । ‘उनी एक अद्धितीय खेलाडी हुन् । उनी गार्ड अफ अनरको हकदार हुन् । उनले एक अविश्वसनीय कोशेढुंगा पार गरेका छन् । अर्को दिन आफ्नै रेकर्ड तोड्नेछन्,’ ग्वार्डिओलाले भने ।

हालान्डले आफ्नो रेकर्ड तोडेपछि शियरले ट्वीटरमा लेखेका छन्, ‘यो रेकर्ड यति राम्रो मान्छेसँग जान चाहन्थ्यो । जम्मा २८ वर्षमा उनले गरेर देखाए । उनी उत्कृष्ट छन् ।’

उनको यो रेकर्डका बारेमा म्यानचेस्टर सिटीका पूर्व खेलाडी तथा खेल विशेषज्ञहरुले यसमा आफ्नो धारणा व्यक्त गर्र्दै उनलाई उत्कृष्ट रहेको भन्दै बधाई दिएका छन् ।

Results

२०८० माघ १८, बिहीबार
2 - 1
२०८० माघ १७, बुधबार
1 - 0
२०८० माघ १६, मंगलबार
1 - 0
२०८० माघ १५, सोमबार
1 - 1
२०८० माघ १४, आइतबार
0 - 3
२०८० माघ १३, शनिबार
0 - 2
२०८० माघ १२, शुक्रबार
2 - 0
२०८० माघ ११, बिहीबार
0 - 1
२०८० माघ १०, बुधबार
0 - 1
२०८० माघ ९, मंगलबार
1 - 2
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?