+
+

गोरखाका मेयरको स्वकीय सचिवलाई निष्कासन गर्न माग

अनलाइनखबर अनलाइनखबर
२०८० वैशाख २२ गते १४:३१

२२ वैशाख, गोरखा। गोरखा नगरपालिका मेयरका स्वकीय सचिव अनिस अर्याललाई निष्कासन गर्न उपमेयरसहित कार्यपालिका सदस्यहरुले माग गरेका छन् ।

पदीय अधिकार तथा मर्यादा विपरीत कार्यहरु गर्दै आएको भन्दै उनीहरुले अर्यालको करार सम्झौता भंग गर्न नगर प्रमुख समक्ष माग गरेका हुन् ।

नगरपालिकामा अर्यालको दादागिरी र गुण्डागर्दी बढेको उनीहरुको आरोप छ । ‘मेयरको नाम लिदैँ कर्मचारीलाई धम्क्याउने, आफू अनुकुल काम गर्न दवाव दिने गरेको छ,’ उपमेयर मसली माया थोकरले भनिन्, ‘डरले कर्मचारीहरु कार्यालयमा बसेर काम गर्न सक्ने अवस्था छैन ।’

करार सेवका शिक्षक नियुक्तीको परिक्षामा आफूले चाहेको व्यक्ति अनुतिर्ण भएको भन्दै केही दिनअघि अर्यालले शिक्षा शाखा प्रमुख चन्द्र बहादुर खड्कालाई गालीगलौज तथा अभद्र व्यवहार गर्दै परिक्षा सम्बन्धी कागजात नष्ट गर्ने प्रयास गरेका थिए ।

सोही घटनाको बिरोधमा ४६ जना कर्मचारीहरुले संयुक्त रुपमा हस्ताक्षर गर्दै अर्यालको करार सम्झौता भंग गर्न माग गरेका थिए । तर नगर प्रमुखले यस घटनाप्रति चासो नदिएको भन्दै उनीहरुले आपत्ति जनाएका छन् ।

‘छलफलका लागी प्रमुखसँग समय माग्दा पनि उपलब्ध गराउनुभएन, कार्यपालिका बैठक बोलाउन लिखित रुपमा माग समेत गर्‍यौ तर सुनुवाइ भएन,’ उपमेयर थोकरले भनिन् ।

स्वकीय सचिव पार्टीले खटाएको व्यक्ति भएकाले पार्टी नै जिम्मेवार हुने र कर्मचारीको बिषयमा कुनै छलफल नहुने भन्दै मेयर कृष्ण रानाले गैरजिम्मेवार अभिव्यक्ति दिएको उनले जानकारी गराइन् ।

घटनाको सत्यतथ्य छानबिन गरी दोषी उपर कारवाही नगरे चरणवद्ध रुपमा आन्दोलन गर्ने कार्यपालिका सदस्यहरुले चेतावनी दिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?