+
+

विषादीयुक्त तरकारीले स्वास्थ्यमा कस्तो असर पार्छ ?

अनलाइनखबर अनलाइनखबर
२०८० वैशाख २२ गते १७:४७
प्रतीकात्मक तस्वीर

काठमाडौं । बजारमा निस्किँदा मौसमी मात्र होइन, बेमौसमी तरकारी पनि सर्वत्र पाइन्छ । सामान्य तरिकाले हेर्दा प्रकृतिको नियमअनुसार पनि मौसमी तरकारी मात्रै पाइनुपर्ने हो । तर पछिल्लो समय हरेक याममा जुनसुकै तरकारी पनि पाइन्छ ।

यसको कारण एक त बेमौसमी खेतीतर्फ बढ्दो लहर, अनि रोग, कीरा लाग्न नदिन विषादीको अत्यधिक प्रयोग । विषादी आफैंमा राम्रो कुरा होइन, यसले उपभोक्ताको स्वास्थ्यमा मन्द विष फैलाइरहेको स्वास्थ्य विशेषज्ञहरु बताउँछन् ।

‘विषादी प्रयोग गरिएका खानेकुराले शरीरमा दुई किसिमले असर गरिरहेको हुन्छ, तत्कालीन र दीर्घकालीन,’ आयुर्वेदिक पोषणविद् डा. अम्रित भण्डारी भन्छन् ।

तत्कालीन असरले शरीरमा आलस्यता बढ्ने, रिंगटा लाग्ने, पेट दुख्ने, वाकवाकी लाग्ने, पखाला लाग्ने जस्ता समस्या हुन्छ । रोगप्रतिरोधात्मक क्षमतामा ह्रास आउने, तौल बढ्ने, शरीरमा कमजोरी हुने, थकान महसुस हुने, हड्डी तथा मांसपेशी कमजोर हुने, छालासम्बन्धी समस्या हुने, एलर्जीको समस्या धेरै देखिने, यौन तथा प्रजनन् क्षमतामा ह्रास आउने जस्ता समस्या विषादी मिसाइएका तरकारी खाँदा हुने दीर्घकालीन असर हुन् ।

त्यस्तै सुगर, उच्च रक्तचाप, दम, मुटुसम्बन्धी रोग तथा क्यान्सर समेत हुन सक्ने जोखिम बढ्दै जाने डा. भण्डारी बताउँछन् । साथै आन्द्रा, कलेजो, मिर्गौला खराब हुने सम्भावना समेत यसको कारणले हुन्छ ।

विषादी धेरै प्रकारका हुन्छन् । कीटनाशक विषादी (इन्सेक्टिसाइड), ढुसीनाशक विषादी (फंगीसाइड), झारपातनाशक हर्बिसाइड (व्याटाक्लोर ग्लाइफोसेट), मुसानाशक (रेडिन्टिसाइट), सुलसुलेनाशक (डाइकोफोल) अन्य विषादी (सलफेट, डाजोमेट, टेट्रामाइसिन) । बजारमा १०० भन्दा बढी प्रकारका विषादी पाइन्छन् ।

विषादीयुक्त तरकारीबाट जोगिने उपाय भनेको सावधानी मात्रै रहेको भरतपुर अस्पतालका मेडिकल अधिकृत डा. सुनिल अधिकारी बताउँछन् । ‘बजारमा फलफूल खानेकुरा जानुभन्दा अगाडि सम्बन्धित निकायले जाँच गरेर मात्र पठाउने गर्नुपर्छ,’ उनी भन्छन्, ‘यसो गरेमा त्यो उपभोक्तासम्म पुग्नै पाउँदैन ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?