+
+

निजी क्षेत्र हतोत्साहित भएको छ : विनोद चौधरी

अनलाइनखबर अनलाइनखबर
२०८० वैशाख २४ गते १०:३७

२४ वैशाख, काठमाडौं । व्यवसायी तथा सांसद विनोद चौधरीले निजी क्षेत्र हतोत्साहित भएको बताएका छन् ।

लगातार तीन त्रैमासिक आर्थिक वृद्धिदर ऋणात्मक भएको बताउँदै चौधरीले आर्थिक मन्दी हुने बताए ।

यसअघि आर्थिक वृद्धिदर ऋणात्मक हुँदा पनि तुलनात्मकरुपमा  राजस्व नघटेको भन्दै उनले चालु आर्थिक वर्षको १० महिना २० दिनमा लक्ष्यको ५१ प्रतिशत मात्रै राजस्व उठेको बताए ।

नेपाल बिजनेस समिटमा आफ्नो भनाइ राख्दै सांसद चौधरीले बैंकहरूको खराब कर्जा दोब्बर बढेको स्मरण गराए ।

‘ऋण तिर्न नसक्नेको  संख्या बढ्दै गएको छ, ‘ उनले भने थपे, ‘ अहिले निजी क्षेत्र निराशामा रहेको छ । ‘

आर्थिक रूपान्तरण जरूरी भएको उनको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

छुटाउनुभयो कि ?