+
+

नवनियुक्त महिला, बालबालिका मन्त्री आचार्यले लिए शपथ

अनलाइनखबर अनलाइनखबर
२०८० वैशाख २४ गते १३:२४

२४ वैशाख, काठमाडौं।  नवनियुक्त  महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री सुरेन्द्रराज आचार्यले आज आइतबार पद तथा गोपनियताको शपथ लिएका छन्  ।

उनलाई राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रपति भवन शितल निवासमा आयोजित समारोहमा शपथ  गराएका हुन् ।

महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय सम्हाल्दै आएका नेसपाका महिन्द्रराय यादवलाई भने खानेपानी मन्त्रालयको जिम्मा दिइएको छ ।

नवनियुक्त मन्त्री आचार्य कपिलवस्तु क्षेत्र नम्बर २ बाट विजयी भएका थिए । राष्ट्रपति रामचन्द्र पौडल निकट मानिने आचार्य यसअघि सिंचाइ राज्यमन्त्रीसमेत बनेका थिए ।

हेर्नुहोस् राष्ट्रपति कार्यालयको विज्ञप्ति :

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?