२७ चैत, काठमाडौं । शुक्रबार मन्त्री बन्न लागेका गौरीकुमारी यादव र रामजी यादवको आजै शपथ ग्रहण हुने भएको छ ।
प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) ले शुक्रबार मन्त्रिपरिषद् विस्तार गर्न लागेका हुन् । उनले श्रममन्त्रीमा रामजी यादव र उद्योग मन्त्रीमा गौरी यादवलाई नियुक्त गर्न राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष सिफारिस गरेका छन् ।
प्रधानमन्त्री शाहको सचिवालयका अनुसार, उनीहरूको शपथ ग्रहण पनि आजै हुनेछ । यद्यपि राष्ट्रपति कार्यालयले भने शपथ ग्रहणको समय तय भइनसकेको जानकारी दिएको छ ।
यसअघि हिजोमात्रै श्रम मन्त्रालयको जिम्मेवारी सम्हालिरहेका दिपक साहलाई प्रधानमन्त्री शाहले पदमुक्त गरेका थिए ।
उद्योग मन्त्रालयको जिम्मेवारी भने प्रधानमन्त्री शाहले आफैं सम्हाल्दै आएका थिए ।
रामजी सप्तरी क्षेत्र नम्बर २ बाट निर्वाचित सांसद हुन् भने गौरी महोत्तरी क्षेत्र नम्बर ४ बाट निर्वाचित सांसद हुन् ।
प्रतिक्रिया 4