+
+
Shares

रास्वपाले तोक्यो लेबी : मन्त्रीलाई १८ हजार, सांसदलाई साढे १६ हजार

मन्त्रीका स्वकीय सचिवले पनि २ हजार तिर्नुपर्ने  

बिहीबार सिंहदरबारमा बसेको संसदीय दलको बैठकले मन्त्री र सांसदहरूको लेबी तोक्ने प्रस्ताव पारित गरेको मुख्य सचेतक कबिन्द्र बुर्लाकोटीले जानकारी दिए ।

अनलाइनखबर अनलाइनखबर
२०८३ वैशाख ३ गते १४:२९

News Summary

Generated by OK AI. Editorially reviewed.
  • राष्ट्रिय स्वतन्त्र पार्टीले मन्त्रीहरूका लागि १८ हजार र सांसदहरूका लागि १६ हजार लेबी तोकेको छ।
  • स्वकीयहरूका लागि २ हजार लेबी तोक्ने प्रस्ताव पनि पारित भएको छ।
  • सांसदहरूले स्वकीय राख्न पाएमा उनीहरूले पनि पार्टीलाई २ हजार लेबी तिर्नुपर्ने व्यवस्था छ।

३ वैशाख, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले मन्त्री र सांसदहरूका लागि लेबी तोकेको छ ।

बिहीबार सिंहदरबारमा बसेको संसदीय दलको बैठकले मन्त्री र सांसदहरूको लेबी तोक्ने प्रस्ताव पारित गरेको मुख्य सचेतक कबिन्द्र बुर्लाकोटीले जानकारी दिए ।

उनका अनुसार, सांसदहरूका लागि १६ हजार ५ सय र मन्त्रीहरूका लागि १८ हजार लेबी तोक्ने प्रस्ताव पारित भएको हो ।

त्यस्तै, स्वकीयहरूका लागि पनि २ हजार लेबी तोक्ने प्रस्ताव पारित भएको छ । अहिले उक्त व्यवस्था मन्त्रीका स्वीकय सचिवका हकमा लागू हुनेछ ।

सांसदहरूले स्वकीय राख्न पाउने व्यवस्था भएको खण्डमा सांसदका स्वकीयका लागि पनि लेबीको व्यवस्था हुने बुर्लाकोटीले बताए ।

सांसदहरूको स्वकीय तोकिएको खण्डमा उनीहरूले पनि पार्टीलाई २ हजार लेबी तिर्नुपर्ने व्यवस्था पारित भएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?