News Summary
Generated by OK AI. Editorially reviewed.- प्रधानमन्त्री बालेन्द्र शाहले मन्त्रिपरिषद् विस्तार गर्दै दुई जनालाई मन्त्री नियुक्त गर्न लागेका छन्।
- श्रममन्त्री दिपक साहलाई प्रधानमन्त्री शाहले पदमुक्त गरेका छन्।
- रामजी यादवलाई श्रम र गौरी यादवलाई उद्योग मन्त्रालयको जिम्मेवारी दिन लागिएको छ।
२७ चैत, काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) ले मन्त्रिपरिषद् विस्तार गर्ने भएका छन् ।
दुई जनालाई मन्त्री नियुक्त गर्न लागिएको स्रोतले बताएको छ । यसअघि हिजोमात्रै श्रममन्त्री दिपक साहलाई प्रधानमन्त्री शाहले पदमुक्त गरेका थिए ।
मन्त्री बन्नेहरूमा रामजी यादव र गौरीकुमारी यादव रहेका छन् । रामजीलाई श्रम र गौरीलाई उद्योग मन्त्रालयको जिम्मेवारी दिन लागिएको हो ।
यसअघि उद्योग मन्त्रालयको जिम्मेवारी प्रधानमन्त्री शाहले आफैं सम्हाल्दै आएका थिए ।
रामजी सप्तरी क्षेत्र नम्बर २ बाट निर्वाचित सांसद हुन् भने गौरी महोत्तरी क्षेत्र नम्बर ४ बाट निर्वाचित सांसद हुन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4