२४ वैशाख, काठमाडौं। संघीय संसद (प्रतिनिधिसभा र राष्ट्रिय सभा)को बैठकमा सांसदहरुको डिजिटल उपस्थिति (ईहाजिरी)को सुरुवात गर्ने तयारी भएको छ ।
सांसदहरुको उपस्थितिलाई वेबसाइटमार्फत सार्वजनिक गर्ने तयारी पनि संसद सचिवालयको छ । यो दुवै तयारीलाई थप तीव्रता दिन संसद सचिवालयलाई सभामुख देवराज घिमिरेको निर्देशन छ ।
आइतबार सिंहदरवारमा प्रतिनिधिसभाको कार्यव्यवस्था परामर्श समितिको बैठकमा सभामुख घिमिरेले भनेका छन्, ‘संसद सचिवालयलाई ईहाजिरीको तयारी गर्न, राष्ट्रिय सभाको अनुभवबारे अध्ययन गर्न निर्देश गर्दछु।’
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
            भर्खरै
            पुराना
            लोकप्रिय
            
        
            ट्रेन्डिङ
                        Advertisment
                        
                                    
        
    
                        
                    
                    
                    
                    
                    
                
                
                
                
                
        
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                            
                                            
                                            
                                            
                                            
                                            
                
                
                
                
                
                
                
    
    
    
    
    
                
प्रतिक्रिया 4