+
+

नेप्सेमा १.०२ प्रतिशतको गिरावट, १८७ कम्पनीको सेयरमूल्य घट्यो

अनलाइनखबर अनलाइनखबर
२०८० वैशाख २४ गते १५:२४

२४ वैशाख, काठमाडौं । सेयर बजार परिसूचक नेप्सेमा १ प्रतिशत भन्दा माथिको गिरावट भएको छ । साताको पहिलो कारोबार दिन आइतबार बजार परिसूचक नेप्से १९.१२ अंक (१.०२ प्रतिशत) ले गिरावट हुँदा १८५०.६१ अंकमा बन्द भएको छ । आर्थिक मन्दीको कारण निजी क्षेत्रमा निराशा बढ्दै जाँदा सेयर लगानीकर्ताको मनोबल पनि खस्किंदै गएको छ ।

आइतबार नेप्सेमा सबै उपसूचका गिरावट भएका छन् । हाइड्रोपावर उपसूचकमा सर्वाधिक २.०४ प्रतिशतको गिरावट हुँदा होटल तथा पर्यटन उपसूचकमा १.७९ प्रतिशतले गिरावट भएको छ । निर्जीवन बीमा, लघुवित्त, लगानी, विकास बैंक र वित्त कम्पनीमा पनि १ प्रतिशत भन्दा माथिको गिरावट भएको छ ।

नेप्सेमा गिरावट हुँदै जाँदा सेयर लगानीकर्ता पर्ख र हेरको अवस्थामा छन् । आर्थिक गतिविधिमा मन्दी आउँदा त्यसको प्रभाव सेयर लगानीकर्तामा पनि परेको हो । जसले गर्दा कारोबार रकम संकुचित भएर आइतबार ६० करोडमा सीमित भएको छ ।

आइतबार नेप्सेमा २३ हजार ५१ वटा कारोबारमा २० लाख १५ हजार ९५९ कित्ता धितोपत्र किनबचे हुँदा ६० करोड ८१ लाख रुपैयाँको सेयर कारोबार भएको हो । जसमध्ये शिवम् सिमेन्टको सर्वाधिक ३ करोड २३ लाखको कारोबार हुँदा, मकर जितुमाया सुरी हाइड्रोपावरको १ करोड ९० लाख र नबिल बैंकको १ करोड ६८ लाख रुपैयाँको सेयर कारोबार भएको छ ।

आइतबार नेप्सेमा कुल २१८ सूचीकृत कम्पनीको सेयर कारोबार भएकोमा १८७ कम्पनीको सेयरमूल्यमा गिरावट भएको छ । यस्तै २३ कम्पनीको सेयरमूल्यमा वृद्धि हुँदा ८ कम्पनीको सेयरमूल्य स्थिर रहेको छ ।आइतबार कारोबार भएका कम्पनीमध्ये आत्मनिर्भर लघुवित्तको सेयरमूल्य ८.२२ प्रतिशतले वृद्धि हुँदा इस्टन हाइड्रोपावरको सेयरमूल्य ७.६१ प्रतिशत र सनराइज ब्लुचिप फण्डको इकाइमूल्य ५.८७ प्रतिशतले वृद्धि भएको छ ।

८.५ प्रतिशतको एनएमबी ऋणपत्रको मूल्य ८.८३ प्रतिशतले गिरावट हुँदा मकर जितुमाया सुरी हाइड्रोपावरको सेयरमूल्य ८.३१ प्रतिशत र घलेम्दी हाइड्रोपावरको सेयरमूल्य ५.८२ प्रतिशतले गिरावट भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?