+
+

दीपकसँग विप्लवको जिज्ञासा : कलाकारले अहिलेको राजनीतिलाई कसरी लिएका छन् ?

अनलाइनखबर अनलाइनखबर
२०८० वैशाख २४ गते १६:३५

काठमाडौं । अभिनेता तथा फिल्म निर्माता दीपकराज गिरीले नेकपाका महासचिव नेत्रविक्रम चन्द विप्लवसँग भेटवार्ता गरेका छन् । विप्लवले बोलाएपछि अभिनेता गिरी नेकपाको कार्यालय बुद्धनगर पुगेका थिए । आधा घण्टा भएको भेटमा उनीहरुले राजनीति र फिल्मबारे गफगाफ गरे ।

आफूहरुबीच पार्टीको सिद्धान्त र विचारभन्दा पनि अहिलेको समसामयिक राजनीतिबारे चर्चा भएको गिरीले बताए । ‘उहाँले कलाकारले अहिलेको राजनीतिलाई कसरी लिएका छन् र विद्यमान समस्यालाई कसरी समाधान गर्न सकिन्छ भनेर बुझ्न खोज्नुभएको रहेछ,’ गिरीले अनलाइनखबरसँग भने ।

‘म पनि राजनीतिमा रुचि राख्ने व्यक्ति भएको र राजनीतिक प्रणाली र आचरण सुधार्नुपर्‍यो भनेर सुझाव दिएँ,’ गिरीले भने, ‘गफगाफका लागि बोलाएपछि म एक्लै गएको हुँ ।’ विप्लवले दीपकराज गिरीका फिल्महरु नियमित रुपमा हेर्ने गरेको बताउँदै फिल्म ‘वडा नम्बर ६’ को चर्चा समेत गरे ।

विप्लवसँगको भेटपछि तस्वीर सेयर गर्दै दीपकले गैरराजनीतिक भेटघाट र तर कुराकानीको केन्द्रबिन्दुमा देश भएको स्टाटस लेखेका छन् । अभिनेता गिरी समसामयिक राजनीतिमा चासो लिने कलाकारमध्ये पर्छन् । उनको पछिल्लो फिल्म ‘छक्कापञ्जा ४’ ले वर्तमान राजनीतिको प्रवृत्तिलाई कटाक्ष गरेको थियो भने ‘वडा नम्बर ६’ले राजनीतिको कारण कसरी परिवार र समाज विभाजित हुन्छन् भन्ने कथावस्तु पेश गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?