+
+

वैदेशिक रोजगारीमा लगाइदिन्छु भन्दै साढे ३ करोड ठगी, एक जना पक्राउ  

अनलाइनखबर अनलाइनखबर
२०८० वैशाख २४ गते १७:४४

२४ वैशाख, काठमाडौं। अमेरिकालगायतका देशहरुमा पठाइदिन्छु भनी रकम ठगी गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा भक्तपुर चाँगुनारायण नगरपालिका-६ तेलकवट घर भएका ६८ वर्षीय सिताराम बास्तोला रहेका छन् ।

उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले  भक्तपुर दरवारस्क्वायरबाट पक्राउ गरेको हो ।

पक्राउ परेका उनीमाथि थप अनुसन्धान  तथा कारबाहीको लागि वेदेशिक रोजगार विभाग, बुद्धनगर, काठमाडौं पठाइएको प्रहरीले जनाएको छ ।

उनले १०१ जनालाई वैदेशिक रोजगारीको लागि अमेरिका, जर्मनी, बेलायत तथा जापानमा जानको लागि प्रतिव्‍यक्ति ३० लाख रुपैयाका दरले ३ करोड ५६ लाख ८ हजार रकम ठगी गरेको प्रहरीको आरोप छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?