+
+

राष्ट्रिय सभामा एमाले सांसदको प्रश्न : आरजु देउवा र मञ्जु खाँणविरुद्ध किन पक्राउ पुर्जी जारी भएन ?

अनलाइनखबर अनलाइनखबर
२०८० वैशाख २४ गते १७:४३

२४ वैशाख, काठमाडौं । राष्ट्रिय सभा सदस्य देवेन्द्र दाहालले गठबन्धनमा भएकै कारण आरजु देउवा राणा र मञ्जु खाँणमाथि पक्राउ पुर्जि जारी हुन नसकेको हो ? भन्दै सरकारलाई प्रश्न गरेका छन् ।

आइतबार बसेको राष्ट्रिय सभाको बैठकमा बोल्दै उनले नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका लैजाने प्रकराण्मा आरजु राणा देउवाले अढाइ करोड र बालकृष्ण खाँणकी श्रीमती मञ्जु खाँणले ६ करोड रुपैयाँ बुझेको भन्ने अडियो सार्वजनिक भएको आफूले सुनेको तर उनीहरुलाई पक्राउ पुर्जि जारी गरेको छ भन्ने नसुनेको बताए ।

‘नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका लैजाने नाममा नेकपा एमालेका केही नेताहरुको नाम पनि जोडिएको छ । पक्राउ पुर्जी जारी भयो रे भनेर हल्ला पनि छ । फेरि उहाँ हराउनु भयो रे भन्ने हल्ला पनि छ । मैले त यसो हेरेँ, अडियो प्रकरण पनि आयो रे, यो हल्लै हल्लाको देश हो । आरजु देउवाले अढाइ करोड र बालकृष्ण खाँणकी श्रीमती मञ्जु खाँणले ६ करोड बुझेको भन्ने अडियो प्रकरण आएको छ,’ सांसद दाहालले भने, ‘उनीहरुलाई यो सरकारले पक्राउ पुर्जी त जारी गरेको छ भन्ने सुनेको छैन ।’

सांसद दाहालले नक्कली भूटानी शरणार्थी प्रकरणमा नेकपा एमालेका नेताको नाम पनि जोडिएको भन्दै सरकारले गल्ती गर्नेहरुलाई कारबाही गर्नुपर्ने तर निर्दोषको मानहानी गर्न नहुने बताए ।

उनले पूर्वसहसचि बालकृष्ण पन्थीको संयोजकत्वमा बनाएको छानबिन समितिको प्रतिवेदन अविलम्ब सार्वजनिक गर्न माग गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?