+
+

‘द केरला स्टोरी’को कमाइमा लगातार वृद्धि, तमिलनाडुमा प्रदर्शनमा रोक

अनलाइनखबर अनलाइनखबर
२०८० वैशाख २५ गते १३:०२

काठमाडौं । हिन्दी फिल्म ‘द केरला स्टोरी’ले भारतीय बक्स अफिसमा सन् २०२३ कै सर्वोत्कृष्टमध्येको एक ओपनिङ गरेको छ । फिल्मले तीन दिनसम्म ३५ करोड भारु कमाएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । ८.०३ करोड भारु ओपनिङ गरेको फिल्मले शनिबार ११.२२ करोड र आइतबार १६ करोड भारु कमायो ।

शनिबार पहिलो दिनको भन्दा ३९ प्रतिशतले व्यापारमा वृद्धि हुँदा आइतबार ४२.६० प्रतिशत वृद्धि देखिएको छ । बलियो वर्ड अफ माउथको कारण आगामी दिनमा वृद्धि प्रतिशत अझै बढ्न सक्ने प्रक्षेपण गरिएको छ । यो फिल्मको अहिलेको कमाइ सलमान खान स्टारर ‘किसीका भाइ किसीकी जान’ र रणवीर कपुर स्टारर ‘तु झुठी मैं मक्कर’को पहिलो दिनको कमाइ बराबर भएको पनि उल्लेख छ ।

यो फिल्मको ओपनिङ ‘पठान’पछि यस वर्षको पाँचौं ठूलो हो । साथै यो फिल्मले भारतमा हलिउडका ठूला फिल्महरु ‘एन्ट म्यान द वास्प’ र ‘जोन वीक : च्याप्टर ४’ को लाइफटाइम कलेक्सनलाई पनि उछिन्ने बताइएको छ । यी दुवै अंग्रेजी फिल्मको भारतीय कलेक्सन ५० करोड भारु भन्दा कम छ ।

सोमबारको कमाइले फिल्मको भविष्य कता जान्छ भन्ने कुरा निर्भर हुनेछ । ‘द कश्मीर फाइल्स’ले पहिलो दिनमा ३.५५ करोड भारु र आइतबार १५.०५ करोड भारु कमाएको थियो । यो वृद्धि ४०० प्रतिशत हो । यसैबीच, तमिलनाडुका हलहरुले फिल्म प्रदर्शन नगर्ने निर्णय गरेका छन् । फिल्मले साम्प्रदायिक सद्भाव भड्काउन सक्ने भन्दै मल्टिप्लेक्सले फिल्म नदेखाउने निर्णय लिएको एनडीटीभीले जनाएको छ ।

सुदीप्तो सेन निर्देशित यो फिल्मले ३२ हजारभन्दा बढी हिन्दू युवतीलाई मुस्लिम धर्मान्तरण गरेर आईएसआईएस जस्ता आतंकवादी संगठनमा कसरी भर्ना गरिएको छ भन्ने देखाएको छ । निर्माताले यो फिल्मको कथावस्तु वास्तविक रहेको दाबी गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?