+
+

शाहरुखको ‘जवान’ आउँदा नेपाली फिल्मको रिलिज प्रभावित

अनलाइनखबर अनलाइनखबर
२०८० वैशाख २५ गते १४:३९

काठमाडौं । शाहरुख खान स्टारर प्रतीक्षित बलिउड फिल्म ‘जवान’ले आगामी भदौ २१ गतेलाई प्रदर्शन मिति तय गरेपछि नेपाली फिल्मको क्यालेन्डर प्रभावित हुने देखिएको छ । यही कारण झरना थापा निर्देशित ‘भगवत् गीता’ भदौ २९ गते आउन सक्ने सम्भावना बलियो छ ।

‘जवान’ले मिति नतोक्दा यो फिल्म जनैपूर्णिमा र श्रीकृष्ण जन्माष्टमीको अवसर पारेर भदौ १५ गते मनस्थितिमा थियो । तर जवान आउने निश्चित भएपछि आफूहरुले भदौ २९ गतेलाई नयाँ प्रदर्शन मितिको रुपमा तय गर्ने लगभग टुंगो लागेको निर्माता सुनिलकुमार थापाले बताए ।

‘अब जवानपछि नै आउने लगभग तय छ,’ भदौ २९ मा आउन सक्ने संकेत गर्दै उनले भने, ‘मंगलबार प्रदर्शन मिति घोषणा गर्ने योजना छ ।’ लगानी उठाउन पनि दुई साता कम्तीमा आवश्यक पर्ने भएकाले भदौ अन्त्यमा फिल्म रिलिज गर्ने मनस्थितिमा थापा छन् । तर उक्त मितिमा दयाहाङ राई स्टारर ‘नांगो गाउँ’ पनि आउने तयारीमा छ भने स्वस्तिमा खड्का स्टारर ‘ऐंचो पैंचो’ पनि आउने चर्चा छ ।

भदौ २९ मा अन्य फिल्मसँग बक्स अफिस प्रतिस्पर्धा हुन सक्ने संकेत निर्माता थापाले गरे । ‘जवान’ अघि आउँदा फिल्मको व्यापारमा असर पर्न सक्ने र पछि आउँदा तुलनात्मक रुपमा कम असर पर्न सक्ने गणितीय योजनासहित थापाले जवानपछि मात्रै रिलिज गर्ने मनस्थिति बनाएका हुन् । किनभने असोज १ मा तीज र असोज ३ गते संविधान दिवसको दुई दिन बिदा भएकाले पनि निर्माता यो मितिमा आउन चाहन्छन् ।

भदौ ८ मा सलोन बस्नेत र केकी अधिकारी स्टारर फिल्म ‘जय हो’ प्रदर्शन हुँदैछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?