+
+

वर्षा सिवाकोटीको ‘ए साथी सुन’ ट्रेलर : प्रेम, धोका र बदलाको कथा

अनलाइनखबर अनलाइनखबर
२०८० वैशाख २५ गते १६:०९

काठमाडौं । आगामी जेठ ५ गते प्रदर्शनको तयारीमा रहेको फिल्म ‘ए साथी सुन’को ट्रेलर सार्वजनिक भएको छ । वर्षा सिवाकोटीको शीर्ष भूमिका रहेको फिल्मले सम्बन्धमा आउने उतारचढावको कथा भन्छ । प्रेम, धोका र हत्याको प्लट समावेश गरिएको ट्रेलरमा अन्य कलाकारलाई पनि चित्रण गरिएको छ ।

वर्षासहित सुशील पोखरेल, जयनन्द लामा, रमेश बानियाँ, आयन खड्का, विमला गिरी र रमेश अधिकारी पनि शीर्ष भूमिकामा देखिएका छन् । लभस्टोरी, थ्रिलर र कमेडी जनरामा निर्माण भएको यो फिल्मलाई दिवंगत अभिनेता लामाको अन्तिम फिल्म बताइएको छ ।

बिना कार्की र सन्तोषकुमार राईले फिल्म निर्माण गरेका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?