+
+

नेप्समा दोहोरो अंकको वृद्धि, १६१ कम्पनीको सेयरमूल्य बढ्यो

अनलाइनखबर अनलाइनखबर
२०८० वैशाख २६ गते १५:३०

२६ वैशाख, काठमाडौं । सेयर बजारमा दोहोरो अंकले वृद्धि भएको छ । नेपाल राष्ट्र बैंकले त्रैमासिक रुपमा आधार दरमा भएको परिवर्तन अनुसार मासिक रुपमा नै कर्जाको ब्याजदर घटाउन सक्ने व्यवस्था गरेको थियो । घट्दो आधार दरमा मासिक रुपमा ब्याजदर परिवर्तन गर्न पाइने भएपछि कर्जाको ब्याजदर घट्ने आशामा मंगलबार सेयर बजारमा लगानीकर्ताले सकारात्मक प्रतिक्रिया जनाएका छन् ।

आइतबार र सोमबार लगातार दुई दिन दोहोरो अंकले घटेको बजार परिसूचक नेप्से मंगलबार भने बढेर बन्द भएको छ । मंगलबार नेप्से १०.६६ अंकले वृद्धि हुँदा १८४४.३६ अंकमा बन्द भएको छ । नेप्सेमा वृद्धि भएपनि कारोबार रकम भने केही घटेको छ । सोमबार ८२ करोडको कारोबार भएको बजारमा मंगलबार भने ७७ करोड ४८ लाखको कारोबार भएको छ ।

मंगलबार नेप्सेमा सबै उपसूचकमा वृद्धि हुँदा बजार परिसूचक पनि बढेको हो । होटल तथा पर्यटन उपसूचक सर्वाधिक १.९६ प्रतिशतले वृद्धि हुँदा उत्पादनमुलक उपसूचक १.३६ प्रतिशत र हाइड्रोपावर उपसूचक १.०८ प्रतिशतले वृद्धि भएको छ ।

मंगलबार नेप्सेमा हिमाल दोलखा हाइड्रोपावरको सेयर सर्वाधिक ६ करोड ९६ लाखको कारोबार हुँदा शिवम् सिमेन्टको ४ करोड ४७ लाखको सेयर कारोबार भएको छ । नेप्सेमा मंगलबार कुल २१९ सूचीकृत कम्पनीको सेयर कारोबार भएकोमा १६१ कम्पनीको सेयरमूल्य वृद्धि भएको छ । ५० कम्पनीको सेयरमूल्यमा गिरावट हुँदा ८ कम्पनीको सेयरमूल्य स्थिर छ । मंगलबार कारोबार भएकामध्ये पिपुल्स हाइड्रोपावरको सेयरमूल्य सर्वाधिक ६.३७ प्रतिशतले वृद्धि हुँदा कालिञ्चोक दर्शन लिमिटेडको सेयरमूल्य ४.६५ प्रतिशतले वृद्धि भएको छ । यस्तै सिभिल लघुवित्तको सेयरमूल्य ४.०५ प्रतिशतले वृद्धि भएको छ ।

युनिक नेपाल लघुवित्तको सेयरमूल्य सर्वाधिक ८.६८ प्रतिशतले गिरावट हुँदा सिटजन्स म्युचुअल फण्ड २ को इकाइमूल्य ४.३२ प्रतिशतले गिरावट भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?