+
+

एकीकृत समाजवादीसँग एकता गर्न वामदेव गौतम सकारात्मक

अनलाइनखबर अनलाइनखबर
२०८० वैशाख २६ गते १९:२९

२६ वैशाख, काठमाडौं। पार्टी एकताका विषयमा नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र नेकपा एकता राष्ट्रिय अभियानका संयोजक वामदेव गौतमबीच छलफल भएको छ।

मंगलबार एकीकृत समाजवादीको केन्द्रीय कार्यालयमा नेपाल र गौतम लगायतका नेताहरुबीच पार्टी एकताबारे छलफल भएको हो । उक्त छलफलमा सहभागी एकीकृत समाजवादीका नेता जीवनराम श्रेष्ठका अनुसार गौतम एकीकृत समाजवादीसँग एकतामा आउन सकारात्मक भएका छन् ।

‘छलफल एकदमै सकारात्मक छ,’ उनले अनलाइखबरसँग भने, ‘एकता गरेर जानुपर्छ भन्नेमा उहाँ पुरै सहमत हुनुहुन्छ । र, अब यसलाई चाँडै टुंग्याउने गरी कुराकानी भएको छ।’ नेपाल र गौतमबीच यसअघि पनि पार्टी एकताबारे पटक-पटक छलफल भएको थियो ।

गौतमले एकताका लागि जनताको बहुदलीय जनवाद (जबज)लाई एकीकृत समाजवादीले स्वीकार गरेर जानुपर्ने शर्त राखेका थिए । एकीकृत समाजवादीले जबजलाई मार्गदर्शक सिद्धान्त मान्न अस्वीकार गरेको छ ।

श्रेष्ठले पार्टी एकताका लागि त्यसबारे पछि छलफल गर्ने गरी जान गौतम लचक भएको जानकारी दिए। ‘एकताका लागि उहाँका कुरा बाधक नहुने र त्यसमा समय क्रममा छलफल गर्दै जाने भन्ने भएको छ,’ उनले भने।

२०७७  सालमा तत्कालीन नेपाल कम्युनिष्ट पार्टी (नेकपा)मा विवाद भएपछि गौतम पनि अलग भएका थिए । त्यसयता उनले नेकपा एकता राष्ट्रिय अभियान चलाइरहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?