+
+

मुगुमा हिमपहिरोमा परेकाको खोजीका लागि उद्धार टोली घटनास्थलमा

नेत्र शाही नेत्र शाही
२०८० वैशाख २६ गते १९:४७
हेलिकोप्टरबाट मुगुमा उद्दारटोली तस्बिर आन्तरिक मामिला मन्त्रालय कर्णाली

२६ वैशाख, जुम्ला। यार्सा टिप्न पाटन गएका जुम्लाका ३ जना हिम पहिरोमा पुरिएर बेपत्ता भएपछि हेलिकोप्टरबाट उद्धार टोली घटनास्थलमा पुगेको छ ।

जिल्ला प्रशासन कार्यालय मुगुका प्रमुख जिल्ला अधिकारी मोहोनबहादुर थापाले घटनास्थलमा २१ जनाको उद्धार टोली त्यहाँ पुगेको  जानकारी दिए ।  प्रजिअ थापाका अनुसार मंगलबार त्यहाँ उद्धार टोली पुगेपनि अत्याधिक हिउ जमेकाले पुरिएका मानिसहरु भेटिएका छैनन् ।

सोमबार विहान हेलिकोप्टरमार्फत गएको टोली सिरानचौरमा उतारिएको थियो । टोली हिडेर एक दिन लगाएर छापाखोलामा बसेको थियो ।

छापाखोलाबाट विहान ६ बजे आज घटनास्थल च्यार्खु लेकमा पुगेर खोजीकार्य गरेपनि हिउँ धेरै भएकाले आज खोज्न नसकी फिर्ता भएको छ ।

हिम पहिरोमा जोगिएर मुगु जिल्ला प्रहरी कार्यालयको सम्पर्क आएका मध्य  कर्ण सार्की सहितलाई लिएर हेलिकोप्टर घटनास्थलमा गएको थियो ।  हिम पहिरोमा परेका अन्य ९ जना जना घर फर्किएका छन् ।

कर्णाली प्रदेश सरकार आन्तरिक मामिला मन्त्रालय विपत व्यवस्थापन शाखा प्रमुख कृष्णबहादुर रोकायाले उद्धार टोलीले खोजीरहे पनि हिम पहिरोमा पुरिएका व्यक्ति पत्ता नलाग्दा सकस भएको बताए । घटना स्थलमा हिमपात भईरहेकाले पुन वास वस्न टोली छापाखोला फर्किएको र भोली फेरि घटनास्थलमा जाने उनको भनाइ छ ।

मुगु र डोल्पाको सिमामा रहेको पाटन च्यार्खु लेखमा पातारासी २ तल्फि गाउँका ४२ वर्षीय तारासिंह सार्की, ३८ वर्षीय पूर्ण सिंह सार्की र ३६ वर्षका वीर बोहरा हिम पहिरोमा परी बेपत्ता भएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?