+
+

भुटानी शरणार्थी प्रकरणमा थालेको कारबाहीप्रति कांग्रेस नेताहरूको ऐक्यबद्धता

अनलाइनखबर अनलाइनखबर
२०८० वैशाख २७ गते १५:३३

२७ वैशाख, काठमाडौं । नेपाली कांग्रेसका नेताहरुले उपप्रधान तथा गृहमन्त्रीलाई भेटेर भुटानी शरणार्थी प्रकरणमा थालेको अनुसन्धानप्रति ऐक्यवद्धता जनाएका छन् । साथै छानबिनलाई निष्कर्षमा पुर्‍याउन र दोषी जो कोही भए पनि नछाड्न खबरदारी गरेका हुन् ।

सरकारका सचिव, तत्कालीन गृहमन्त्रीका सल्लाहकारलगायतका मानिसहरु पक्राउ परिसकेका छन् । पक्राउ पुर्जी जारी भएका पूर्वमन्त्री टोपबहादुर रायमाझी भने फरार छ । प्रहरीले बुधबार मात्र पूर्वगृहमन्त्री बालकृष्ण खाँणलाई पक्राउ गरेको छ ।

त्यही दिन कांग्रेस नेताहरु डा. गोबिन्दराज पोखरेल, गुरु घिमिरे, मधु आचार्य लगायतका नेताहरुले गृह मन्त्रालय पुगेर सरकारले चालेको कदमप्रति ऐक्यवद्धता जनाएका छन् । केन्द्रीय सदस्य आचार्य भन्छन्, ‘अहिलेसम्म जुन सत्प्रयास भएको छ, त्यसप्रति ऐक्यवतावद्धता छ । र, बीचमा नतुहियोस् भनेर खबरदारी पनि गरेका छौं ।’

जवाफमा उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले कोहीप्रति आग्रह पूर्वाग्रह नराख्ने र प्रमाणले दोषी देखिएका जो कोहीलाई पनि नछाड्ने बताएका छन् । आफूलाई प्रधानमन्त्रीको पनि पूर्ण साथ रहेको र नेताहरुको ऐक्यवद्धताले थप बल दिएको समेत उनले बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?