+
+

जसपाको विधान महाधिवेशन असारमा सर्‍यो

नागरिकतासम्बन्धी विधेयक अघि बढाउन माग

अनलाइनखबर अनलाइनखबर
२०८० वैशाख २७ गते १९:२९
जसपा प्रवक्ता मनिष सुमन ।

२७ वैशाख, काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) ले पार्टीको विधान महाधिवेशनको मिति सारेको छ । यसअघि १,२ र ३ जेठमा गर्ने तय गरेको जसपाले बुधबार बसेको कार्यकारिणी समितिको बैठकबाट असारको ९, १० र ११ मा काठमाडौँमा गर्ने निर्णय गरेको हो ।

जसपा प्रवक्ता मनिष सुमनका अनुसार केन्द्रीय कार्यकारिणी समितिको बैठकले नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने ठगी प्रकरणको स्वतन्त्र र निष्पक्ष छानबिन गरी दोषीलाई कानुनी दायरामा ल्याउन सरकारसँग माग गरेको छ ।

यस्तै, जसपाले संसदबाट दुईपटक पारित भई राष्ट्रपतिसमक्ष पेश गरिएको नागरिकता सम्बन्धी विधेयक अविलम्व पारित गरी कार्यान्वयनमा ल्याउन समेत सरकारलाई आग्रह गरेको छ ।

पछिल्लो समय प्रदेश १ को नामकरणका विषयमा उत्पन्न विवादमा छलफल गरी समस्या समाधान गर्न पनि जसपाले सरकारसँग आग्रह गरेको छ । ‘जारी आन्दोलनमा दमन बन्द गरी प्रदेशको पुनः नामकरणका लागि आन्दोलनकारी पक्षसँग वार्ताद्वारा समस्या समाधान गर्न प्रदेश तथा संघीय दुवै सरकालाई झकझक्याउने निर्णय गरेका छौं’, प्रवक्ता सुमनले भने ।

बुधबारको बैठकले सरकारमा पठाउन बाँकी एक जना मन्त्रीको नाम टुंगो लगाउने भनिएको थियो , तर उक्त विषयमा छलफल नै नभएको उनले बताए । ‘मन्त्रीको विषयमा छलफल भएको छैन । अध्यक्ष उपेन्द्र यादवले आकांक्षीहरूसँग छलफल गरेर निर्णय लिनुहुन्छ’ प्रवक्ता सुमनले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?