+
+

भ्रष्टाचारविरुद्ध विद्यार्थी संगठनहरूको प्रदर्शन

अनलाइनखबर अनलाइनखबर
२०८० वैशाख २८ गते १०:२७

२८ वैशाख, काठमाडौं ।भ्रष्टाचारविरुद्ध विद्यार्थी संगठनहरूले प्रदर्शन गरेका छन् । हालसालै सरकारले चलाएको भ्रष्टाचारविरुद्धको अभियानलाई समर्थन गर्दै विद्यार्थी संगठनहरूले संयुक्त रूपमा प्रदर्शन गरेका हुन् ।

नेपाल विद्यार्थी संघ, अखिल क्रान्तिकारी, अनेरास्ववियू र  अखिल क्रान्तिकारीले संयुक्तरुपमा रत्नराज्य क्याम्पसमा प्रदर्शन गर्दै कोही पनि भ्रष्टाचारीलाई उम्किन दिन नहुने बताएका छन् ।

अनेरास्ववियूकी महासचिव आरती लामाले अहिले सरकारले चलाएको अभियान नरोकियोस भनेर प्रदर्शन गरिएको बताइन् ।

विद्यार्थीहरूले नक्कली भुटानी शरणार्थी प्रकरणमा फरार भएका एमाले नेता टोपबहादुर रायमाझीलाई तत्काल पक्राउ गर्न मागसमेत गरेका थिए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?