+
+

कुपोषणको मारमा बाजुराको मुक्तिकोट

अनलाइनखबर अनलाइनखबर
२०८० वैशाख २९ गते १०:५१

२९ वैशाख, बाजुरा । कुपोषणको कहरका रुपमा चिनिने बाजुराको स्वामीकार्तिक खापर गाउँपालिका १ मुक्तिकोट गाउँमा गत वर्ष कुपोषणबाट मात्रै ८ जना बालवालिकाको मृत्यु भयो ।

हरेक वर्ष यहाँ कुपोषणका कारण बालवालिकाको मृत्यु हुने गरेको अनमी जानकी न्यौपाने बताउँछिन् । तर कुपोषण रोक्नका लागि कुनै पहल नभएको गुनासो स्थानीयबासिन्दाले गर्ने गरेका छन् ।

गाउँपालिकाले कुपोषणका बारेमा गरेको अध्ययनमा मुक्तिकोट गाउँका ३०८ परिवारमा कुपोषण रहेको पाइएको छ । स्वास्थ्यकर्मी टोली गाउँमा पुगेर चेक गर्दा ३४३ जना कुपोषित फेला परेको गाउँपालिकाले जनाएको थियो । जसमा २३ जना भने कडा कुपोषण र ५५ जना मध्यम कुपोषणको चपेटामा छन् ।

कुपोषणमा रहेकामा महिला तथा बालबालिका रहेको पालिकाका सुचना अधिकारी कुबेरबहादुर शाहीले वताएका छन् ।

१० देखि १४ वर्षसम्मका किशोर र किशोरीको स्वास्थ्य परीक्षण गर्दा १२ जना अति कुपोषित, ५३ जना मध्यम र ५६ जना सामान्य कुपोषित रहेको स्वास्थ्यकर्मीले वताएका छन् ।

१५ वर्षदेखि १९ वर्षका किशोर र किशोरीलाई जाँच गर्दा २ जना अति कुपोषित, ३० जना मध्यम, २९ जना सामान्य कुपोषित रहेको पाइएको हो ।

स्वास्थ्य कार्यालय बाजुराका अनुसार मुक्तिकोटमा ४१ प्रतिशत कुपोषित बालवालिका छन् । उच्च प्रजनन दर, उच्च बाल मृत्यु दर, परिवार नियोजनका साधनको प्रयोग न्यून रहेको स्वास्थ्य कार्यालय बाजुराले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?