+
+

मच्छिन्द्रसँग थ्रीस्टार पराजित

अनलाइनखबर अनलाइनखबर
२०८० वैशाख ३० गते २०:३९

३० वैशाख, काठमाडौं । शहीद स्मारक ए डिभिजन लिगमा साविक विजेता मच्छिन्द्र फुटकल क्लबले थ्रीस्टार क्लबलाई १–० ले पराजित गरेको छ । शनिबार च्यासल मैदानमा सम्पन्न खेलमा मच्छिन्द्रलाई जिताउन खेलको १०औं मिनेटमा युटा सुजुकीले गोल गरे ।

पेनाल्टी क्षेत्र भित्र अफिजको कडा प्रहारलाई थ्री स्टारका गोलकिपर पूर्ण चेम्जोङले बचाए पनि रिबाउन्ड बललाई युटाले पोस्टको दिशा दिएका थिए । बाँकी समयमा थ्री स्टारले खेलमा फर्किने केही अवसर बनाए पनि सफल हुन सकेन र मच्छिन्द्र अंक जोड्न सफल भयो ।

यससँगै थ्री स्टारले लगातार छैठौं खेलमा पनि जित बिहीन बनेको छ ।

शनिबारको जितसँगै मच्छिन्द्र तालिकाको तेस्रो स्थानमा उक्लिएको छ । १७ खेलबाट ३० अंक जोडेर मच्छिन्द्र तेस्रो स्थानमा पुग्दा समान खेलबाट २५ अंक बनाएको थ्री स्टार चौथो स्थानमा छ ।

Results

२०८० माघ १८, बिहीबार
2 - 1
२०८० माघ १७, बुधबार
1 - 0
२०८० माघ १६, मंगलबार
1 - 0
२०८० माघ १५, सोमबार
1 - 1
२०८० माघ १४, आइतबार
0 - 3
२०८० माघ १३, शनिबार
0 - 2
२०८० माघ १२, शुक्रबार
2 - 0
२०८० माघ ११, बिहीबार
0 - 1
२०८० माघ १०, बुधबार
0 - 1
२०८० माघ ९, मंगलबार
1 - 2
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?