+
+

मोदी इनर्जी लिमिटेडको आईपीओ बाँडफाँट

अनलाइनखबर अनलाइनखबर
२०८० वैशाख ३१ गते १२:५५

३१ वैशाख, काठमाडौं । मोदी इनर्जी लिमिटेडले निष्कासन गरेको प्राथमिक सेयर (आईपीओ) बाँडफाँट भएको छ । कम्पनीले वैशाख १९ गतेदेखि २४ गतेसम्म निष्कासन गरेको आईपीओ ३१ वैशाख, आइतबार बिक्री प्रबन्धक सनराइज क्यापिटलले बाँडफाँट गरेको हो ।

कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यका ५५ लाख ५९ हजार ४२० कित्ता सेयर निष्काशन गरेको थियो । कर्मचारीहरुका लागि छुट्याइएको सेयरमा बाँडफाँट नभएको ५२ हजार ८४० कित्तासहित गरी कुल ५६ लाख १२ हजार २६० कित्ता सेयर सर्वसाधारण्मा बाँडफाँट गरिएको कम्पनीले जनाएको छ ।

कम्पनीको आईपीओमा कुल १२ लाख ३६ हजार २६९ आवेदन परेको थियो । जसमध्ये ६ हजार ५२८ आवेदन रद्द भएको छ भने बाँकी १२ लाख २९ हजार ७४१ आवेदन स्वीकृत भएको बिक्री प्रबन्धक सनराइज क्यापिटलले जनाएको छ ।

कम्पनीको आईपीओमा मागभन्दा बढी आवेदन परेकोले धितोपत्र निष्कासन तथा बाँडफाँट निर्देशिका अनुसार योग्य आवेदकहरुलाई गोलाप्रथाबाट सेयर बाँडफाँट भएको हो । स्वीकृत आवेदनमध्ये ५ लाख ६१ हजार २२६ आवेदकलाई १० कित्ताका दरले कम्पनीको सेयर बाँडफाँट गरिएको बिक्री प्रबन्धक सनराइज क्यापिटलले जनाएको छ ।

कम्पनीले पर्वतमा २० मेगावाटको तल्लो मोदी खोला जलविद्युत आयोजनाको निर्माण सम्पन्न गरी १४ असोज २०७८ बाट व्यवसायिक उत्पादन गर्दै आएको छ । निर्माण सम्पन्न हुँदासम्म कुल लागत ६ अर्ब २० करोड रुपैयाँ रहेको छ । आयोजनाको लागत प्रतिमेगावाट ३१ करोड ३ लाख रुपैयाँ रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?