+
+

फिल्म ‘हुक्का : एन अब्जर्ड ड्रिम’को गीत ‘जाऊ नआऊ’ सार्वजनिक

अनलाइनखबर अनलाइनखबर
२०८० वैशाख ३१ गते १३:०७

काठमाडौं । आगामी जेठ १२ गतेदेखि प्रदर्शनको तयारीमा रहेको फिल्म ‘हुक्का : एन अब्जर्ड ड्रिम’को गीत ‘जाऊ नआऊ’ सार्वजनिक भएको छ । गीतमा युसिन राईको स्वर तथा शब्द र प्रयत्न श्रेष्ठको संगीत छ । गीतमा फिल्मका केही संवादसहितका दृश्य राखिएको छ ।

गीतमा शीर्ष पात्रको पीडालाई प्रस्तुत गरिएको छ । उक्त भूमिकामा प्रमिला खनालले अभिनय गरेकी छन् । गीतमा फिचर्ड अन्य कलाकार रमाइरहँदा प्रमिलालाई भने भावुक रुपमा देखाइएको छ । शम्भु थापाको निर्देशन रहेको फिल्ममा प्रकाश घिमिरे, सन्तोषकुमार आत्रेय, प्रमिला खनाल, तेज गिरी, अशु न्यौपाने, तलिसा गुरुङ, निश्चल विमल, एलिशा विकको अभिनय छ ।

अभिनेत्री प्रमिलाले फिल्मले लोकल चामलको स्वाद दिने बताइन् । अर्का अभिनेता तेज फिल्ममा आफ्नो चरित्र कथामा ट्वीस्ट ल्याउने खालको रहेको बताउँछन् । सन्तोषकुमार आत्रेयको कथा रहेको फिल्ममा सन्तोष र भगवान पौडेलको पटकथा छ । रेश्मा प्रधान सहनिर्माता, पार्वती थापा, सुशीला गुरुङ र सागर गोदार क्षेत्री निर्माता रहेको फिल्ममा कमलबहादुर भुजेल र किरणकुमार आत्रेय कार्यकारी निर्माता छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?