+
+

स्तर घट्दा साउथह्याम्टन प्रिमियर लिगबाट रेलिगेट

अनलाइनखबर अनलाइनखबर
२०८० वैशाख ३१ गते १९:२०

३१ वैशाख, काठमाडौं । इंग्लिस क्लब साउथह्याम्पटका कप्तान जेम्स वार्ड प्रोसले क्लबको स्तर घटेका कारण आफूहरु रेलिगेसनमा परेको बताएका छन् ।

शनिबारराति फुलहामसँग घरेलु मैदानमा २–० को हारपछि सेन्ट्सको ११ वर्षको शीर्ष डिभिजनको यात्रामा पूर्ण विराम लागेको हो ।

जारी लिगमा २ खेल बाँकी छँदा साउथह्याम्पटनले शनिबार २४ औं हार व्यहोरेको हो । जुन क्लबको इतिहासमा एक सिजनमा व्यहोरेको सबैभन्दा धेरै हार हो । स्तर गिरेकै कारण क्लबले लगातार हार व्यहोरेको २८ वर्षीय प्रोस बताउँछन् ।

‘व्यक्तिगत रुपमा अथवा क्लबको रुपमा भन्दा बाहिर रहेर हामीले कति गर्‍यौं भनेर मूल्याङ्कन गर्न जरुरी छ,’ बिबिसी स्पोर्टससँगको कुराकानीमा उनले भने, ‘यदि हामीले गर्न सक्ने सबै गरेको भए हामीले सक्थ्यौं र मलाई लाग्दैन कि हामीले गर्‍यौं, यो निकै लज्जास्पद कुरा हो ।’

सेन्ट्समा पछिल्लो समय प्रशिक्षक निकै फेरबदल भए । लामो समय प्रशिक्षकको रुपमा काम गरेका राल्फ हसनहटलाई क्लबले बर्खास्त गरेको थियो । उनको उत्तराधिकारीको रुपमा रहेका नाथन जोन्सलाई सिजनको अन्त्यसम्म कार्यभार सम्हाल्ने जिम्मा थियो । तर तीन वर्षको लागि पाएको जिम्मेवारी उनले ३ महिनामा नै छोडे । उनले जिम्मेवारी छोडेपछि रुबेन सेलेसले प्रशिक्षकको जिम्मेवारी निर्वाह गरिरहेका छन् ।

‘मलाई लाग्छ, हामी पूरै टिमले नै यो सिजनको बारेमा सोच्नेछौं, जुन सकिइसकेको छ’, वार्ड प्रोसले भने, ‘हामीले गरेको निर्णयहरु सहि रहे त ? के हामीले मैदानमा जति सक्थ्यौं त्यो सबै गर्‍यौं त ?’

इंल्यान्डका मिडफिल्डर प्रोसलाई यो सिजनमा गरेको गल्तीबाट सिकेर पुन कमब्याक गर्ने अपेक्षा छ । ‘मलाई विश्वास छ, राम्रो मानिसहरुको साथमा क्लब केही समयपछि पुन प्रिमियर लिगमा पुनरागमन गर्नेछ । यो समय हरेक सबैका लागि परीक्षाको समय हुनेछ । तर क्लबले यो भन्दा अगाडि पनि गरेको छ । मलाई विश्वास छ यो पटक पनि गर्नेछ ।’

तर उनले सेन्टमेरीमा आफ्नो भविष्य भने लामो देखेका छैनन्, ‘धेरै अगाडिसम्मको सोच राखेको छैन ।’

उनले आउँदो गर्मीमा विकल्पको बारेमा चासो देखाउन अपरिहार्य हुन्छ । ‘म आठ वर्षदेखि यो क्लबसँग आबद्ध छु । मैले क्लबको सबै उतार चढाव देखेको छु । यो एक खराब समय हो ।’

सेन्ट्सलाई चाहिन्छ स्पष्ट खाका

सेन्ट्सलाई अब प्रिमियर लिगमा पुनरागमन गर्न ककिो सहज होला त ?

आर्सनल र इङ्ल्यान्डका पूर्व डिफेन्डर कियोनले यो प्रश्नको जवाफमा भने, ‘साउथह्याम्टनले एकेडेमीबाट खेलाडी ल्याउनु एक गौरवको कुरा हो । तर यो मात्रै पर्याप्त हुँदैन उनीहरुलाई एउटा ठूलो क्लियरआउट गर्नु जरुरी हुन सक्छ ।’

प्रिमियर लिगमा पुनरागमन गर्ने टिम हेर्ने हो भने हरेक टिममा एक जना मुख्य सदस्य रहेका छन् । के साउथह्याम्टनका लागि वार्ड प्रोस अर्को सिजन पनि बस्लान त?

‘यो निकै नै गाह्रो हुन सक्छ । च्याम्पियनसिपमा धेरै खेलहरु छन् यो साउथह्याम्टनका लागि यो हालसम्मकै सबैभन्दा कष्टकर सिजन होला’, कियोनले भने ।

इङ्ल्यान्डका पूर्व डिफेन्डर असान्टेका अनुसार साउथह्याम्टनले यो सिजन इतिहासमा नै खराब रहेको धारणा व्यक्त गरे । उनले भने, ‘यो लामो समयदेखि चल्दै आएको छ । यो सिजनमात्रै होइन गत दुई सिजन नै खराब ट्रान्सफर विन्डोको कारण यो भइरहेको छ ।’

जनवरी २०२२ मा साउथह्याम्पटनलाई स्पोट्र्स रिपब्लिकले आफ्नो मातहतमा लिएको थियो । कम्पनीले ड्रेगन सोलाक र रेसमस अंकर्सन र हेनरिक क्राफ्टको अनुमतिमा एक वक्तव्य जारी गर्‍यो ।

जसमा क्लबले भनेको थियो, ‘हामी हाम्रा समर्थक, सहयोगी र कर्मचारीलाई आश्वस्त गर्न चाहन्छौं कि हामी क्लबको दीर्घकालीन नीति बनाई क्लबलाई एक शीर्ष स्थानको सफलता दिलाउन प्रतिबद्ध छौं ।’

तर यो प्रतिबद्धता कागजमा मात्र सिमित रह्ये ।

यसको जिम्मेवार म हुँ : प्रशिक्षक सेल्स

फ्रेब्रुअरीमा कार्यभार सम्हालेका सेल्सको आगमन पश्चात सेन्टसले पहिलो ३ खेलमा २ जित हात पार्दै राम्रो लय लिन सुरु गरेको थियो ।

तर पछि पुन ११ खेलमा ८ हार व्यहोरेपछि क्लब घटुवा भयो । सेल्सले कार्यभार सम्हाल्नुअघि नै क्लब रेलिगेसनको संकटमा थियो । नोभेम्बरपछि पुछारका तीन स्थानमा रहिरहेको थियो । हसनहुटललाई बर्खास्त गर्दै गर्दा उनको स्थान सेल्सभन्दा अगाडिका प्रशिक्षक जोन्सले लिएका थिए ।

स्पेनिर्याडले मार्चमा लिसेस्टारमाथिको जितपछि सेन्ट्सलाई केहिदिनका लागि रेलिगेसनको टाउको दुखाइबाट मुक्त गराएका थिए । तर उनले राजीनामा दिनुभन्दा अघि नै क्लबको हालत खराब भइसकेको थियो ।

‘म कुनै बाहना बनाउँदिन । जब मैले पदभार सम्हालेको थिएँ तब मलाई विश्वास थियो कि मैले टिमलाई रेलिगेसनबाट जोगाउने छु, तर मैले यस्तो गर्न सकिन । यो रेलिगेसनको जिम्मेवार म हुँ’, प्रशिक्षक रुविब सेल्सले भने ।

‘सुरुवातमा मलाई लागेको थियो कि हामी गर्न सक्छौं, तर यो ३ महिनामा यदी केही भयो भने त्यसको प्रमुख जिम्मेवार म हुँ ।’

साउथह्याम्पटनका तीन प्रशिक्षकले कम्तीमा पनि सात सात पटक हार बेहोरेका छन् । हसनहट्लको नेतृत्वमा १४ मा आठ हार, जोन्सको मातहतमा आठमा सात र सेल्सको मातहतमा १४ मा ९ हार क्लबले व्यहोरेको छ ।

‘रेलिगेसनको लागि कुनै एक कारण मात्रै थिएन । सिजनको बिचमा हामीले गर्न नसकेको चिज भनेको एकता भएन एकअर्कामा पर्याप्त विश्वास पनि भएन’, सेल्सले भने । ‘यो कुनै एक खेलाडी या प्रशिक्षकको कुरा होइन । यो हाम्रो सम्बन्धको पनि कुरा हो ।’

प्रोस जस्तै सेल्सको पनि क्लबका भविष्य लामो भने छैन । उनले भने, ‘यो क्लबसँग मसँगै वा म बाहेक पनि पुनरागमन गर्ने क्षमता छ ।’

Results

२०८० माघ १८, बिहीबार
2 - 1
२०८० माघ १७, बुधबार
1 - 0
२०८० माघ १६, मंगलबार
1 - 0
२०८० माघ १५, सोमबार
1 - 1
२०८० माघ १४, आइतबार
0 - 3
२०८० माघ १३, शनिबार
0 - 2
२०८० माघ १२, शुक्रबार
2 - 0
२०८० माघ ११, बिहीबार
0 - 1
२०८० माघ १०, बुधबार
0 - 1
२०८० माघ ९, मंगलबार
1 - 2
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?